नेपालमा पुनः भूकम्प

ChileQuake_02Apr14काठमाडौं ।शनिबार बजाङमा भूकम्पको धक्का महशुस गरिएको छ। शनिबार मध्यान्ह १२ बजेर २६ मिनेट जाँदा बझाङमा ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बझाङमा गएको भूकम्प गत वैशाख १२ गतेको भूकम्पको परकम्प होइन। यसअघि पनि चैत २२ गते बझाङमा भूकम्पको झड्का महशुस गरिएको थियो।

यसअघि वैशाख १४ गते नुवाकोछ केन्द्र बनाएर ४ दशमवल ३ रेक्टर स्केलको परकम्प गएको थियो। वैशाख १२ गतेको शक्तिशाली भूकम्प गएपछि परकम्प जानेक्रम रोकिएको छैन। सो भूकम्पपछि हालसम्म ४ रेक्टरस्केलमा ४ सय ५१ परकम्प गइसकेको केन्द्रले जनाएको छ।

सम्बन्धित शिर्षकहरु