मेलवर्न । गत वर्षको विनासकारी भूकम्पलाई मुलुकबासीले विर्सन सकेका छैनन् । त्यस घटनालाई प्रवासी नेपालीहरुले पनि मनमस्तिष्कबाट हटाउन सकेका छैनन् ।
९ हजारभन्दा बढीको ज्यान लिने गरी तथा २५ हजार बढी घाइते बनाउने गरी गएको भूकम्पको प्रवासी नेपालीहरूले विभिन्न तरिकाले स्मरण गरे ।
मेलवर्नबासी नेपालीले पनि सो हृदयविदारक घटनाको स्मरण गरे । र, श्रद्धाञ्जली अर्पण गरे । मेलवर्नमा विनाशकारी भूकम्पमा ज्यान गुमाएकाहरुको स्मरणमा स्मृतिसभा आयोजना भएको हो । भिक्टोरियास्थित अवैतनिक महावाणिज्यदूतको कार्यालय, एनआरएन भिक्टोरिया, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको संयुक्त पहलमा कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रममा एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले उपस्थित सबैलाई स्वागत गर्दै भूकम्पले नेपालीत्वको भावना जगाएको विचार व्यक्त गरेका थिए । कार्यक्रमा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीको पनि उपस्थिति थियो ।








