अस्ट्रेलियामा जम्यो चितवन समाजको क्रुज पार्टी

अस्ट्रेलिया। प्रवासमा रहेका नेपालीहरूले आफू जन्मेको गाउँ ठाउँको विकासका लागि विभिन्न अभियान चलाइरहेका छन् । त्यस्तै अभियानमा फरकपन दिएको चितवन समाज अस्ट्रेलियाले ।

chtwan1चितवन समाज अस्ट्रेलियाले कल्याणकारी कोष स्थापना र जिल्लाको बृहतर हितका लागि अभियानमा नौलो तरिका तरिका अपनाएको हो । सिड्नीको समुन्द्री किनारमा करिब चार घन्टाको पानी जहाजको सयरमा नेपाली खाना र नेपाली कला संस्कृति पस्केर समाजदे अभियान अघि बढाएको हो ।

सिड्नीको चर्चित पर्यटकीयस्थल डार्लिङ हार्बरवाट प्रारम्भ भएको जहाज यात्रामा आठ सय नेपालीहरुको सहभागिता रहेको समाजका अध्यक्ष बुद्धी डल्लाकोटीले जानकारी दिए ।

निकै भीडभाडका साथ सम्पन्न कार्यक्रममा उपस्थितिले क्रुजपार्टीको आनन्दका साथ मनोरन्जन लिए ।

कार्यक्रममा नेपाली गीत संगीत अनि कलासंस्कृतिको समेत पहिचान दिलाउन भिन्न खाले प्रस्तुति समावेश गरिएको थियो। केही पहिरनको प्रर्दशनीवाट प्रारम्भ भएको कार्यक्रममा युवा गायक राजकुमार गोश्वामी अनि चर्चित लोकगायीका मन्जु पौडेलले समेत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए।

नेपालबाट आएका कलाकार यम बरालले पानी जहाज भित्र बादुलुको घुम्टोले…. अनि निष्ठुरीले छाडेर गइहाली…. जस्ता गीत पस्किएका थिए ।

सम्बन्धित शिर्षकहरु