ज्यान गुमाएकाको स्मृतिमा धरहराको प्रतिमूर्ति

nawalparansiनवलपरासी । गत वर्षको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाको स्मृतिमा नवलपरासीमा धरहराको प्रतिमूर्ति स्थापनाको शुभारम्भ गरिएको छ ।

प्रगतिनगरमा रहेको जनज्योति उच्च मावि प्राङ्गणमा रु १५ लाखको लागतमा निर्माण पूरा हुने धरहराको प्रर्तिमूति २१ मिटर अग्लो निर्माण गर्न लागिएको हो ।

निर्माण गर्न लागिएको नेपालको ऐतिहासिक महत्व बोकेको धरहराको प्रर्तिमूतिको आइतबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले शिलान्यास गरे।
सो अवसरमा नेता आचार्र्यले पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको धरहरा पुनःनिर्माण आवश्यक रहेको चर्चा गर्दै नयाँ बन्ने धरहरा प्रतिमूर्तिले भूकम्पमा भत्किएका धरोहरको चिरस्मरण गराइ रहने धारणा राखे।

नवलपरासीका सबै सिनेमा घर प्रयोगविहीन

नवलपरासीका सबै चलचित्र ९सिनेमा० घर यतिबेला चलचित्र देखाउने भन्दा अन्य काममा प्रयोगमा आएका छन् । बढ्दो सहरीकरणसँगै सञ्चार प्रविधिको उच्चतम विकासले चलचित्र देखाउने कामका लागि ती भवन प्रयोगविहीन भएका हुन् ।

नवलपरासीको सदरमुकाम परासी, सुनवल, बर्दघाट, अरुणखोला, गैडकोट, रजहरलगायत जिल्लामा रहेका सबै चलचित्र घर अर्कै प्रयोजनमा लगाई यसबाट घरधनीले झिनो आम्दानी प्राप्त गरेका छन् ।

जिल्लामा रहेका करिब एक दर्जन यस्ता सिनेमा हल चलचित्र प्रदर्शन गर्ने भवन यतिबेला पूर्णरुपमा सिनेमा देखाउने काम बन्द भएका छन् । यस्ता भवन कुनै गोदाम, कुनै पार्टी प्यालेस , राइस मिल, कुनै खेलका कवर्डहलको रुपमा प्रयोगमा आएका हुन् ।

घरघरमा इन्टरनेटको पहुँच र यसबाट तत्कालै आफूले चाहेको मनोरञ्जनको साधन प्राप्त हुने भए पछि पनि चलचित्र घर गोदाममा प्रयोग हुन थालेका छन् ।

सम्बन्धित शिर्षकहरु