बोक्सीखोलामा चौँरीगाईको आलो रगत पिउनेको घुइँचो

DofUbLsf] lzv uflj; ^ l:yt vf]k|f n]sdf a'waf/b]lv ;'? ePsf] rf}/L ufO{sf] cfnf] /ut lkpg] d]nfdf /ut lkP/ pkrf/ u/fpFb} ;xeflu . lxdfnL If]qsf] hl8j'6Lo'Qm If]qdf r/]sf rf}/L ufO{sf] cfnf] /ut lkPdf ljleGg /f]usf lgsf] x'g'sf ;fy} zlQmj|4{s x'g] hgljZjf; /x]sf] 5 . tl:j/ ;Gtf]if uf}td, /f;; @= DofUbLsf] lzv uflj; ^ l:yt vf]k|f n]sdf a'waf/b]lv ;'? ePsf] rf}/L d]nfdf rf}/L ufO{sf] 3fF6Laf6 cfnf] /ut lgsfnLb} . Ps j6f rf}/Laf6 @) b]lv @% lunf;;Dd /ut lgsfNbf p;sf] :jf:Yodf s'g} c;/ gkg]{ / o;/L /ut a]r]/ ePsf] cfDbfgL lxdf~rn pRr dflj gf+uL / kfp4f/ dflj ;~rfngsf nflu k|of]u x'g] u/]sf] 5 . tl:j/ ;Gtf]if uf}td, /f;;

मुस्ताङ। मुस्ताङको कोबाङ गाविसस्थित बोक्सीखोलामा चौँरीगाईको आलो रगत पिउन सर्वसाधारणको घुइँचो लागेको छ ।

स्थानीय किसानको आयोजनामा वैशाख ५ गतेदेखि सुरु भएको मेलामा रगत पिउन मुस्ताङका साथै म्याग्दी, पर्वत, बाग्लुङ र पोखराबाट समेत सर्वसाधारण आएका छन् । हिमाली क्षेत्रमा पालिने चौँरीगाईको रगत पिएमा गानोगोला, वायुविकार, कमलपित्त, मर्केको, सुन्नेको र छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । हरेक वर्ष आयोजना गरिने मेलाबाट आकर्षक आम्दानी हुने स्थानीय किसानले जानकारी दिएका छन् ।

स्थानीय अगुवा किसान गोविन्द शेरचनले हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔले, जटामसीजस्ता बहुमूल्य जडीबुटी खाएर चौँरीगाईको रगतले शारीरिक फूर्तिसमेत बढ्ने बताए। “हामीले प्रतिगिलास रु १५० मा रगत बिक्री गरिरहेका छौँ, विशेष प्रकारको चक्कुबाट रगत निकाल्ने गरिन्छ,” उनले भने – “गत वर्ष भूकम्पले अलि कम मानिस आए पनि यस वर्ष भने उत्साहजनक उपस्थिति छ ।” किसानले पालेका ५०० चौँरीबाट रगत निकालिने उनीहरुले जनाएका छन् । एउटा चौँरीबाट कम्तीमा पाँच गिलाससम्म रगत निकाल्न सकिन्छ ।

आगामी वैशाख २५ गतेसम्म सञ्चालन हुने मेलामा अहिलेसम्म एक हजार ५०० जनाले रगत पिइसकेको चौँरीपालन व्यवस्थापन समिति अध्यक्ष सुकेन्द्र गौचनले जानकारी दिए । “मेला अवधिसम्म तीन हजार जनाले रगत पिउने अनुमान गरेका छौँ,” उनले भने – “हामीले मागको आधारमा चौँरीगाईको मासु पनि बिक्री गर्दै आएका छौँ ।” स्थानीय किसानले विभिन्न किसिमका रोग निको हुने बताए पनि पशु अधिकारकर्मीले भने त्यसमा कुनै वैज्ञानिक सत्यता नभएको र पशु अधिकार हनन भएको बताउँदै आएका छन् ।

सम्बन्धित शिर्षकहरु