भूकम्पपीडितको सम्झनामा क्यान्डल लाइट

सिड्नी, विनासकारी भूकम्पमा ज्यान गुमाएकाहरूको स्मृतिमा नेपाली अस्ट्रेलियान युथ एसोसिएसन (नया)ले मैनबत्ति प्रज्ज्वलन गर्ने भएको छ । अप्रिल २३ तारिखका दिन साँझ पाँचदेखि ६ बजेसम्म एस्फिल्ड पार्कमा दीप प्रज्ज्वलन गरिने संस्थाका कोमल पाठकले जानकारी दिए । “भूकम्पमा ज्यान गुमाएकाको श्रद्धाञ्जलीमा मैन प्रज्ज्वलन गर्न लागेका हौं,” उनले असनेपालन्युजसँगको संक्षिप्त कुराकानीमा भने, “भूकम्पमा मारिएकाको आत्माको शान्तिका लागि हाम्रा प्रयास हो ।”

उनले उपस्थितिका लागि सबै नेपाली समूदायका लागि अपिल समेत गरेका छन् ।

सम्बन्धित शिर्षकहरु