कांग्रेस नेताको दौडधूप शुरु

resize_imageकाठमाडौं । संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन नजिकिदै गर्दा नेपाली कंग्रेसका शीर्ष नेताहरु आन्तरिक समीकरण निर्माणमा व्यस्त भएका छन् । आगामी बुधवार हुने निर्वाचन अघि आफ्नो पक्षमा समर्थन जुटाउन सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गृहकार्य तीव्र पारेका हुन् । सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि कंग्रेसभित्र महाधिवेशनमा जस्तै दुई पक्ष उम्मेदवारीको तयारीमा जुटेका छन् । देउवा पक्षीय नेता विमलेन्द्र निधिले सर्वसम्मत हुने सम्भावना न्युन भएको बताए ।

विधान संसोधन लगायत बिषयमा केन्द्रित रहेर कंग्रेसको संसदीय दल र केन्द्रिय कार्यसमितिको बैठक भोलि बस्दैछ । महाधिवेशनमा सभापतिमा पराजित नेता पौडेलले उम्मेदवारी दिने तयारी गरेका छन् । सोही क्रममा पौडेलले आज विहान अनामनगरमा आफू पक्षको बैठक गरेका छन् । पौडेलले अहिले केहीबेरमा राजधानीको वनस्थलीमा आफू पक्षीय सांसदसँग परामर्श गर्न लागेको उनका सहयोगीले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु