अस्ट्रेलिया, अस्ट्रेलियाका प्रधानमन्त्री म्यालकोल्म टर्नबुलले नेपाली समुदायको नयाँ वर्षको अवसरमा शुभकामना अर्पण गरेका छन् ।
नेपाली नयाँ वर्षको अवसरमा अस्ट्रेलियामा रहेका नेपालीहरुलाई उनले शुभकामना दिएका हुन् । नेप्लीज फ्रेण्ड्स अफ लिभरलका संयोजक श्रीनापित मार्फत उनले नेपाली समुदायलाई नयाँ वर्षको शुभकामना सन्देश प्रेषित गरेको विज्ञप्तिमा जनाइएको छ ।।
नेपाली नयाँ वर्षलाई विशेष महत्वका साथ हेर्दै अष्ट्रेलियन प्रधानमन्त्री टर्नबुलले २९ मार्चमा पठाएको उक्त शुभकामना भनिएको छ, “नयाँ वर्षको अवसरमा भविष्यमा आउने दिनहरु सफल हुन् तथा आपसी समझदारी बढोस् ।”
“वाक स्वतन्त्रता तथा विविधताको सम्मान गरेकै कारण आज अस्ट्रेलिया विश्वकै सफल बहुसाँस्कृतिक राष्ट्र बनेको छ,” टबर्नबुलले सन्देशमा उल्लेख गरेका छन् “नेपाली समुदायले अस्ट्रेलियामा गरेको प्रगतिको हामी सम्मान गर्छौ । नेपालीहरुले मनाउने नयाँ वर्षलाई अष्ट्रेलिया सरकार सम्मान गर्छ र नयाँ वर्षको शुभकामना पनि दिन चाहन्छौ ।”
अस्ट्रेलियामा पछिल्लो समयमा नेपाली तीब्र वृद्धि हुने पहिलो समुदाय बनेको यसअघि नै अस्ट्रेलियन समाचार संस्था सिड्नी मर्निङ हेराल्डले तथ्यांकसहित प्रकाशन गरेको थियो ।








