![ljut rf/ lbgb]lv laBfno ejg k'glg{df{0fdf ;3fpg uf]/vfsf] nfk'j]zLdf a:b} cfPsf a]nfotsf /fhs'df/ Xof/L k|eftls/0f dfWoflds laBfnosf lzIfs Pj+ laBfyL{;+u ;f]daf/ ;fd'lxs kmf]6f] lvrfpFb} . tl:a/ ;f}hGo M hLj u'?Ë÷k|c k|eftls/0f dfla .](http://ausnepalnews.com/wp-content/uploads/2016/03/1459171499687_British-Prince-Harry-1-300x227.jpg)
गोरखा। उत्तरी गोरखाको लापु–३ स्थित प्रभातकिरण माध्यमिक विद्यालयको भवन पुनःनिर्माणमा विगत चार दिनदेखि श्रमदान गर्दै आएका बेलायतका राजकुमार ह्यारी सोमबार राजधानी फर्कने कार्यक्रम भए पनि मौसममा आएको खराबीले गर्दा राजधानी फर्कन पाएनन् ।
लापु गाविस क्षेत्रमा दुई दिनदेखि राम्रोसँग घाम नलागेको र सोमबार दिउँसोदेखि हावाहुरीसहित वर्षा भएकाले हेलिकोप्टर उडानमा समस्या देखिएको हो । राजकुमार ह्यारी हेलिकोप्टर चढेर राजधानी फर्कने कार्यक्रम थियो ।
विद्यालयका प्रधानाध्यापक जीव गुरुङका अनुसार राजकुमार ह्यारीले पुनःनिर्माणको काम पनि गर्न पाएनन । कक्षा ८ का विद्यार्थीसँग भेटघाट गरेका उनले पठनपाठनमा देखिएको समस्याबारे सोधखोज गरे
साथै, ह्यारीले शिक्षक र विद्यार्थीसँग सामूहिक फोटो खिचाएका छन् । “हावाहुरीले गर्दा उहाँले सोमबार स्कुल बनाउन पाउनुभएन”, गुरुङले टेलिफोनमा भने। सम्भवतः आज ह्यारी राजधानी फर्कने स्रोतको भनाइ छ । गत बिहीबार उनी सोतिबजारसम्म गाडी चढेर गएका थिए । ह्यारी त्यसपछि तीन घन्टा पैदल हिँडेर लापुबेँसी पुगेका थिए।
उहाँले ढुङ्गा, काठ बोकेर भूकम्पले भत्काएको विद्यालय पुनःनिर्माणमा सघाउनुभएको हो । नेपाल भ्रमणको थपिएको छ दिन पनि सकिएको छ । रासस








