




महेश्वर शर्मा ,असनेपाल न्युज सिड्नी अष्ट्रेलिया ,अध्यात्मिक गुरु भीमसेन सापकोटा (आचार्य राजन शर्मा )ले भारतको मध्यप्रदेश उज्जैनमा विशाल मानमसागरको बिचमा ९ दिने अध्यात्मिक विज्ञान प्रवचन गर्नु भएको हो । विक्रम सम्वतको शुरुवात गर्ने राजा विक्रमादित्य को प्राचिन नगरि भारतको मध्यप्रदेश उज्जैनमा भएको सो प्रवचनमा ९ दिनमा करिव एक लाख भन्दा बढी श्रद्धालु भक्तजनहरूले शिव महापुराण कथा ,वेद वेदान्त र तथा अध्यात्मिक विज्ञान प्रवचन श्रवण गर्ने अवशर पा एका हुन।
भारतको भूमिमा प्रमुख प्रवचकको रुपमा नेपालीलाई नै बोलाएर गरिएको प्रवचन यो पहिलो पटक हो।
अध्यात्मिक गुरु भीमसेन सापकोटा (राजन) ले अध्यात्मिक विज्ञान प्रवचन मात्र नभई भगवान गौतम बुद्धका उपदेश र नेपालमा रहेका पवित्र धार्मिक स्थलहरुको बारेमा पनि प्रवचन गर्नु भएको थियो । उनले जव जव नेपाल र नेपालीको बारेमा र नेपालमा रहेका पवित्र धार्मिक स्थलहरुको बारेमा प्रवचन दिन्थे तव तव गड्गडाहक ताली बज्थ्यौ नेपालको जय जय भन्ने आवाज सुनिन्थ्यो। भारतको भूमिमा एक नेपालीको छोराले भगवान गौतम बुद्धको बारेमा र नेपालको बारेमा प्रवचन दिन पाउनु नेपालीको लागि नै एक ठुलो अवशर हो।
प्रवचनको सो विशाल मानबसागरमा आध्यात्मिक गुरु श्री रविशंकर,योग गुरु बाबा राम देव,केशरी बाबा,नेपाल र भारतका श्रद्धालु भक्तजनहरू,विश्वका विभिन्न ठाउँहरुबाट आएका व्याक्तिहरु,भारतका उच्च व्यक्तित्वहरु साथै भारतका प्रधान मन्त्रि नरेन्द्र मोदिको पनि सहभागिता थियो। गुरु राजनले अङ्ग्रेजी र हिन्दीमा प्रवचन दिएका थिए भने उनले दिएको प्रवचनमा जीवन जीउनको लागि सरल तरिका,मानवमा सहयोगी भावना कसरि जागरुक गर्न सकिन्छ,मानिसमा कसरि सकरात्मक सोँचको विकास गर्न सकिन्छ,सकरात्मक सोँचको लागि कसरि उत्प्रेणा जागरुक गर्न सकिन्छ भन्ने बिषयमा पनि प्रवचन दिएका थिए। सो प्रवचनलाई भारतका र युरोपका विभिन्न टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरेका थिए।अलखपुरि सिद्दपिठ आश्रमका भक्तजनहरूलाई भीमसेन सापकोटा (राजन) ले धन्यबाद दिँदै भने “एक नेपालीको छोरालाई यस विशाल मानव सागरमा नेपाली अध्यात्मिक प्रवक्ताको अवसर दिएकोमा सम्पूण नेपालीकै तर्फबाट हार्दिक कृतज्ञ व्यक्त गर्न चाहन्छु”। सो प्रवचन २०१६ मे ११ देखि मे २१ सम्म चलेको थियो।
नेपालको सिन्धुपाल्चोकमा जन्मिएका सापकोटा हाल सिड्नी अस्ट्रेलियामामा बस्दै आएका छन।पेशाले प्राध्यापक पत्रकारिता,शान्ति प्रवद्वर्न अंगालेका सापकोटा फिजीकालागि नेपाली साँकृतिक राजदुत,अन्तरराष्ट्रि नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष समेत रहेका छन।
“सुतेर देखिने सपना
सपना होइन ,
बरू सपना त्यो हो
जो देखिएपछि सुत्न दिदैन”।
उनकै कविता संग्रह प्रश्नमा ईश्वर मा रहेका यी शब्द र उनका यी विचारले सदैब मानिसलाई सकरात्मक सोँचको विकासको निम्ती उर्जा थपिरहन्छ।
आचार्यको सो प्रवचन वाट उठेको भारतीय ५ करोड रुपैयाँ , भारतको जार्डन स्थित ग्रामीण बस्ति र सिन्धुपाल्चोक जिल्लाको इचोकमा खानेपानी परीयोजना मा लागाइने आयोजक अलखपुरि सिद्दपिठ आश्रम भारत राजस्थानले जनाएको छ ।
सन्स्कृत , वेदान्त, ज्योतिष तथा योग विज्ञानमा आचार्य (स्नाकतोकत्तर ) हासिल गरेका सापकोटाले पत्रकारिता , अर्थशास्त्र , अकाउन्ट मा समेत स्नातकोत्तर शिक्षा हासिल गरेका छन्। ‘आनन्द मार्ग ‘ अध्यात्मिक सम्प्रदाय बाट दिक्षा ग्रहण गरेका सापकोटाले सन् २००७ देखि अस्ट्रेलियाको स्वामि सरस्वति आश्रम , रामचरितमानस वेदान्त केन्द्र , हरे कृष्ण मन्दिर मा भागवत र विज्ञान , अध्यात्म र विज्ञान लगायतका विषयमा निरन्तर प्रशिक्षण र प्रवचन गर्दै आउनु भएको छ।सिड्नीकै विश्वविध्यालयमा प्राध्यापन र अस्ट्रेलियन आईडियल कलेजमा अनुवाद शिक्षाका विभागीय प्रमुखका रुपमा कार्यरत सापकोटाका तीन वटा साहित्यिक कृति छन् भने नेपालको विभिन्न परोपकारका परियोजनालाई सघाईरहेका छन्।



















