असनेपालन्युज , सिड्नी । अस्ट्रेलियन आडियल कलेजले अस्ट्रेलियामा पहिलो पटक अनुवादक शिक्षाको अध्यापन प्रारम्भ गरेको छ । सो उपलक्ष्यमा कलेजले हालै एक शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सो अवसरमा नेपाली समुदाय लगायत विभिन्न समुदायका प्रतिनिधी तथा शैक्षिक परामर्श दाताहरूलाई उत्कृष्टताको अवार्ड समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा सो कलेजका प्रमुख ज्याकले बाबा एझुकेशन कन्सल्टेन्सिका प्रमुख रविन्द्र कुमार शर्मा लाई यस वर्षको उत्कृष्ट एजेन्सी को पदक प्रदान गर्नु भयो । सो अवसरमा नेपाली, कोरियन ,भारतीय , बङ्गाली , पोर्चुगी समुदायका ब्यवसायीद्वारा सन्चालित अन्य परामर्श ब्यवसायीहरूलाई समेत कलेजले कदर प्रमाण पत्र प्रदान गरेको थियो । अस्ट्रेलियामा ‘ नेपाली लगायत अन्य भाषामा ‘अनुवादक कक्ष्या ‘ सन्चालन अनुमति पाउनेमा सो कालेजनै पहिलो भएको संचालक ज्याक तथा सुसान ले असनेपालन्युजलाई बताए। सो अवसरमा अनुवादक शिक्षा अध्यापन विभागका प्रमुख अध्यापक भीमसेन सापकोटाले अनुवादक शिक्षा सन्चालन गरेकोमा कलेजका संचालकहरू , उत्कृष्ट अवार्ड प्राप्त गर्ने नेपाली समुदाय मध्येकै बाबा एजुकेशन कन्सल्टेन्सि तथा सबै पदक विजेतालाई बधाई दिंदै कलेजले अस्ट्रेलियामा भाषा अनुवादन अध्यापनमा बनाएको नयाँं ईतिहासको संवाहक आफु समेत हुन पाएकोमा सबैप्रति आभार प्रकट गर्नु भयो ।

सो अवसरमा उत्कृष्ट पदक विजेता रविन्द्र कुमार शर्मा ले अनुवादक शिक्षा सीप र स्थायी बसोवास प्राप्ती दुवैको हिसावले महत्वपूर्ण रहेको बताउंदै नेपाली विध्यार्थीहरूलाई सकेको सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली समुदायका तर्फ बाट पत्रकार हेमन्त काफ्ले तथा राजन घिमिरे , आस्था ज्ञवाली भट्टराई ,लगायतका विभिन्न ब्यक्तिहरूको उपस्थिती रहेको थियो । अस्ट्रेलियामा यस अघि दोभाषे शिक्षा पढाउने ब्यवस्था रहे पनि ‘नाटी ‘ अनुमोदित अनुवादक शिक्षाको औपचारिक पढाई शुरु हुन सकेको थिएन । सन् २०१६ को शुरुवातमै सो कलेजले अस्ट्रेलियन सरकार बाट अनुवादन शिक्षा
अध्यापनको इजाजत प्राप्त गरेको हो ।








