काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड ‘ह्यारी’ ले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भएको भेटवार्तामा दुई देशबीच दुई शताब्दीदेखि रहँदै आएको मित्रवत् घनिष्ठ सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।
भेटका अवसरमा राजकुमार ह्यारीले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीका अवसरमा बेलायतका महारानी तथा आफ्नी हजुरआमाको विशेष सद्भावना सन्देश लिएर आफू नेपाल आएको जानकारी गराएका थिए ।
राजकुमार ह्यारीले नेपालको मनोरम हिमशृङ्खलासहितका प्राकृतिक सम्पदा, पर्यावरण र वन्यजन्तु संरक्षणजस्ता विषयमा चासो राखेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विशेषत गोर्खा सैनिकको लगन, इमान्दारी, बहादुरी र बफादारीलाई नजिकबाट प्रत्यक्ष रुपमा नियाल्ने अवसर पाएको र त्यसबाट आफू अत्यन्तै प्रभावित भएको प्रसङ्ग राजकुमार ह्यारीले उल्लेख गर्दै गोर्खा सैनिक बाँकी विश्वका लागि सद्भावना राजदूतका रुपमा रहेको बताए ।
“भूकम्प र इन्धन समस्या भोगिरहँदा समेत नेपालीको अनुहारमा हाँसो देख्दा विपदमा पनि धैर्य र साहस देखाउने गोर्खाली सैनिकको गुण सबै नेपाली जनतामा रहेको मैले प्रत्यक्ष अनुभूत गर्न पाएँ,” राजकुमार ह्यारीले भने ।
राष्ट्रपति भण्डारीले पुरानो मित्र राष्ट्रको राजपरिवारका एक सदस्यलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै गत वैशाखमा गएको भूकम्पबाट पीडित नेपालीलाई टाढा रहेर पनि तदारुकताका साथ उद्धार एवम् सहयोग पुर्याएकामा बेलायत सरकारप्रति धन्यवाद व्यक्त गरे ।
नेपालको विकासमा साझेदार मुलुकका रुपमा बेलायतबाट ठूलो सहयोग हुँदै आएकामा आभार व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सबै नेपालीका बीचमा सुपरिचित राजकुमारका पर्यटन, पर्यावरण, साहसिक र परोपकारी कार्यजस्ता रुचिबाट नेपाललाई योगदान पुग्ने विश्वास व्यक्त गरे।
नेपालको पाँचदिने भ्रमणका लागि शनिबार नेपाल आइपुगेका बेलायती राजकुमार ह्यारीले आज विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र र नागबहालस्थित हिरण्यवर्ण महाविहारको अवलोकन तथा भूकम्पबाट भएको क्षति तथा भक्तपुरमा बेलायती सहयोग नियोगले भूकम्पपीडितलाई गरेको उद्धार सहयोग लगायत विषयमा जानकारी लिने कार्यक्रम छ । रासस
आज चैत्र ७ गतेबाट शुरू भएको प्रम ओलीको चीन भ्रमण शुभ रहोस्, सफल रहोस्!
परन्तु भूकम्प र नाकावन्दीले थिल्थिलो भएको देशको नाजुक अर्थतन्त्रको ढाड भाँचिने गरी सय जनाको जम्बो टोली लैजानु र सार्वजनिक स्वामित्वको नेपाल एअरलाइन्सका जेट विमान छँदाछदै संचालनमा आइनसकेको निजी क्षेत्रको विमान चार्टर गरेर जानु चाहिं अलि बढी ज्यादतिपूर्ण र अशोभनीय नै भयो है!
‘निजी क्षेत्रको विमानबाट प्रधानमन्त्री चीन जानु ज्यादतीपूर्ण’
काठमाडौं ।
नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले निजी क्षेत्रको विमान चार्टर गरेर प्रधानमन्त्री केपी शर्मा ओली चीन जानु ज्यादतीपूर्ण भएको प्रतिकृया व्यक्त गरेका छन् ।
सय जनाको जम्बो टोलीसहित हिमालयन एयरलाइन्सको विमानबाट प्रधानमन्त्री चाइना गएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन्, “भूकम्प र नाकावन्दीले थिल्थिलो भएको देशको नाजुक अर्थतन्त्रको ढाड भाँचिने गरी सय जनाको जम्बो टोली लैजानु र सार्वजनिक स्वामित्वको नेपाल एअरलाइन्सका जेट विमान छँदाछदै सञ्चालनमा आइनसकेको निजी क्षेत्रको विमान चार्टर गरेर जानु चाहिँ अलि बढी ज्यादतिपूर्ण र अशोभनीय नै भयो है ।!”
स्ट्याटसमा उनले प्रधानमन्त्री ओलीको चाइना भ्रमणको सफलताको कामना पनि गरेका छन्
हेरौं स्ट्याटसः


![/fi6«klt;Fu Xof/Ln] e]6jftf{ /fi6«klt ljBfb]jL e08f/L;Fu /fi6«klt ejg zLtn lgjf;df g]kfn e|d0fdf /xg'ePsf a]nfotsf /fhs'df/ x]g/L rfN;{ cNa6{ 8]le8
Xof/LÚ n] cfOtaf/ lzi6frf/ e]6jftf{ ug'{x'Fb} . tl:a/ M gf/fo0f Gof}kfg], /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/03/1458460970931_NN-Ktm-UK-rajkumar-2-1-300x200.jpg)






