राप्रपा नेपालले जन्मायो ‘मिडिया नेपाल’

medianepalकाठमाडौं ।  राष्ट्रियता, प्रजातन्त्र र व्यवसायिक पत्रकारीताको विकासका लागि मिडिया नेपाल गठन भएको छ । राजधानीमा सोमबार मिडिया नेपालको घोषणा गरिएको हो । गोपाल पौडेलको अध्यक्षतामा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार सम्मिलित २१ सदस्यीय कार्य समिती गठन गरिएको छ । मिडिया नेपालमा ६ जना उपाध्यक्ष, एक महासचिव, दुई सचिव, कोषाध्यक्ष र एक दर्जन सदस्य रहेका छन् ।

पाँचवटा विकास क्षेत्र र काठमाडौं उपत्यकाका सहित गरी ६ जना उपाध्यक्ष रहेका छन् । पूर्वाञ्चल उपाध्यक्षमा ईन्द्रसिंह राजबंशी झापा, मध्यामाञ्चलमा कृष्णराम परियार हेटौंडा, रेशमराज पौडेल काठमाडौं उपत्यका, सूर्य वास्तोला पश्चिमाञ्चल उपाध्यक्षमा, मध्यपश्चिमाञ्चल उपाध्यक्ष उदय श्रेष्ठ र सुदूरपश्चिमाञ्चल उपाध्यक्ष हेमबाबु लेखक रहेका छन् । महासचिवको जिम्मेवारी कृष्ण तिमल्सिनालाई दिइएको छ भने सचिवमा टेकराज शाही र मुकुन्द ढुंगाना रहेका छन् । कोषाध्यक्ष भने ध्रुव बस्नेत छन् ।
त्यसैगरी, मिडिया नेपालको कार्यसमिति सदस्यहरुमा मोहन ढुङगेल, विकल श्रेष्ठ, राधिका जोशी, कविन्द्र शेर्मा, राजन शिवाकोटी दिनेश सिटौला, फणीन्द्र नेपाल, गणेशकुमार शर्मा, प्रकाश ढुगाना , दीपेश श्रेष्ठ वीरेन्द्रकुमार के. एम, अंगन देवकोटा र निरजराज वाना रहेका छन् ।
मिडिया नेपालको घोषणा गदै अध्यक्ष पौड्यालले व्यावसायिक पत्रकारको हकहित र व्यावसायिक अभिवृद्धिका विविध कार्यक्रम गर्ने जानकारी दिए । पौड्यालले संगठनले आगामी दिनमा पत्रकारको पेशागत सुरक्षा, मर्यादा लगायतका विषयलाई प्राथमिकता दिएर काम गर्ने जानकारी दिए ।

मिडिया नेपाललको पहिलो बैठक सोमबार नै बस्यो बैठकले कार्यालय व्यवस्थापन र दर्ता लगायतका प्रशासनिक प्रक्रृया पुरा गर्ने र केही दिनमै राष्ट्रिय भेलागर्ने निर्णय गरेको छ ।
मिडिया नेपालको कार्यसमितीलाई वधाई तथा शुभकामना व्यक्त गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले मिडिया नेपालले व्यवसायिक पत्रकारीताको विकास गर्दै राष्ट्रिय एकता तथा सामाजिक सद्भावको रक्षा गर्नु पर्ने बताउनु भयो ।

त्यसैगरी वरिष्ठ पत्रकार एवं अन्नपूर्ण पोष्टका सम्पादक युवराज घिमिरे, प्राध्यापक पी खरेल, एभेन्युज टेलिभिजनका सञ्चालक भास्करराज राज कर्णिकार, बानका अध्यक्ष गोपाल झा, सामुलायिक रेडियो प्रसारक मञ्चका उपाध्यक्ष रमेश जोशी,क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य रामहरी सिलवाल र विभिन्न सञ्चार माध्यमसँग सम्बन्धित संस्थामा कार्यरत रहेका व्यक्तिहरुले ‘मिडिया नेपाल’को गठन भएकोमा स्वागत गर्दै सफलताको कामना गरेका छन् ।

 

सम्बन्धित शिर्षकहरु