यी हुन् चिनिएर पनि नचुनिएका कांग्रेस नेता

g]sf !#cf}F dxflwj]zg aGb;q sf7df8f}Fsf] e[s'6Ld08kdf g]kfnL sfFu|];sf] hf/L !#cf}F dxflwj]zgsf] aGb;q z'qmaf/ ;'? x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं। नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट केही पुराना र चर्चित नेताहरु आरक्षण कोटामा पनि पराजित भएका छन् । राष्ट्रिय राजनीति, कांग्रेसको आन्तरिक गतिविधि र स्थानीयस्तरमा समेत निकै धेरै काम गरेका नेता नै आरक्षण कोटाबाट समेत केन्द्रीय सदस्य हुन असफल भएका हुन् ।

कांग्रेसमा महिलाबाट छ जना, दलित, जनजाति र मधेसीबाट दुई/दुई जना महिलाको दरले पाँच जना केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ । त्यसैगरी मुस्लिम कोटाबाट एक जना निर्वाचिन हुने विधानमा उल्लेख छ ।

आरक्षण कोटामा पनि उम्मेदवारको सङ्ख्या धेरै रहेकाले प्रतिस्पर्धा भने कडा भएको पाइएको छ । महिलातर्फ छ पदका लागि ३८ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये महिला सङ्घकी वर्तमान अध्यक्ष डा डिला सङ्ग्रौला, पूर्वसांसद् तथा पूर्वकेन्द्रीय सदस्य पुष्पा भुषाल, कांग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपाने, सङ्घकी पूर्वअध्यक्ष र पूर्वमन्त्री तथा सांसद् अम्विका वस्नेत, पूर्वमन्त्री तथा सांसद् कमला पन्त र नेविसङ्घको राजनीतिबाट पार्टीमा सक्रिय सांसद् सरिता प्रसाई महिला कोटाबाट केन्द्रीय सदस्य चयन भएका छन् ।

त्यस्तै प्रभावशाली अन्य नेतृहरु महिला सङ्घकी केन्द्रीय अध्यक्ष तथा पार्टीको केन्द्रीय सदस्य भइसकेका सांसद् मिना पाण्डे र उमा रेग्मी, पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोईरालाको स्वकीय सचिव मृदुला कोईराला, नेविसङ्घकी पूर्वमहामन्त्री प्रतिमा गौतम पराजित भए ।

त्यसैगरी सांसद् शारदा पौडेल, ट्रेड युनियन राजनीतिबाट पार्टी राजनीतिमा आएकी रिता खनाल, नेविसङ्घ, महिला सङ्घकी श्रीमती मन्जु खाँण, नेविसङ्घका पूर्वसहमहामन्त्री सृजना अधिकारी पनि महिला कोटाबाट केन्द्रीय सदस्य बन्न सकेनन् ।

जनजातितर्फको कोटा नेपाल प्राध्यापक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष, काठमाडौं पूर्वजिल्ला सभापति, काठमाडौं क्षेत्र नं। ६ बाट एमालेका सचिव योगेश भट्टराई र अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हिमाल शर्मालाई पराजित गर्न सफल भीमसेनदास प्रधान पराजित भए ।

त्यसैगरी पटकपटक मन्त्री, सांसद् र केन्द्रीय सदस्य भइसकेका दुर्योधन सिंह थारु, सोलुखुम्वुका जिल्ला सभापति तथा सांसद् आङ्गेलु शेर्पा, पूर्वसांसद् तथा नेपाल तरुण दलका पूर्वमहासचिव महादेव गुरुङलगायतका नेताहरु पराजित भए। जनजातितर्फको तीन पदका लागि चालिस जनाले उम्मेदवारी दिएकोमा चिनकाजी श्रेष्ठ, बहादुरसिँह लामा र कल्याण गुरुङ निर्वाचित भए ।

जनजाति महिलातर्फ दुई पदका लागि १२ जनाले प्रतिस्पर्धा गरेकोमा पूर्वकेन्द्रीय सदस्य र सांसदद्वय रत्ना शेरचन र सीता गुरुङ विजयी भए । अर्की सांसद् उषा गुरुङ भने पराजित हुनुपर्यो । उनले पनि आफू कुनै प्यानलमा नपरेकाले हार्नुपरेको स्पष्टोक्ति दिँदै राष्ट्र र जनताको हितका लागि क्रियाशील भइरहने अठोट व्यक्त गरे।
दलित आरक्षणमा दलित सङ्घको केन्द्रीय अध्यक्ष तथा मन्त्री भइसकेका सांसद् खड्ग बस्याल, राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा रुकुमका पूर्वजिल्ला सभापति मानवहादुर नेपाली, पूर्वसांसद् सम्भुहजारा दुसाद, एकपटक मनोनित र एकपटक आमन्त्रीत केन्द्रीय सदस्य भएका प्रताप राम लोहार पनि पराजित भए ।

दलितको तीन पदका लागि २० जनाको उम्मेदवारी परेपनि मानबहादुर विश्वकर्मा, जीवन परियार र मिन विश्वकर्माले केन्द्रीय सदस्य बन्ने मौका पाए । उनीहरु तीनै जना सांसद् छन् भने यसअघि पनि केन्द्रीय सदस्य थिए । मानबहादुर विश्वकर्मा दलित सङ्घका संस्थापक अध्यक्ष पनि छन् ।

दलिततर्फकै महिला कोटामा यसअघिकी केन्द्रीय सदस्य र अहिले सांसद् रहेकी कविताकुमारी सरदार वाँतर पराजित भए । दलित महिलाको दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो भने सांसद् तथा पूर्वकेन्द्रीय सदस्य सुजाता परियार र पूर्वसांसद लक्ष्मी परियार चयन भएका छन्।

नेविसङ्का केन्द्रीय अध्यक्ष तथा सांसद् रहेका रन्जीत कर्णले मधेसीको आरक्षणबाट पनि केन्द्रीय सदस्य बन्न सक्नु भएन । त्यस्तै पूर्वकेन्द्रीय सदस्य र अहिलेका सांसद् रामचन्द्र तिवारी, कपिलबस्तुका जिल्ला पूर्वसभापति र पूर्वसांसद् सुधाकर पाण्डे पनि पराजित भए । मधेसी तीन केन्द्रीय सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको थियो भने अजयकुमार चौरसिया, महेन्द्र यादव र रामकृष्ण यादवले विजयी भए । उनीहरु सबै जना सांसद् छन् ।

मधेसी महिलाको कोटाबाट पराजित हुनेमा पूर्वकेन्द्रीय सदस्य र अहिलेकी सांसद् मिनाक्षी झा पनि पर्नुभएको छ । मधेसी महिलाबाट केन्द्रीय सदस्य बन्न नौ जनाको उम्मेदवारी परेको थियो । मधेसी महिलाबाट किरण यादव र पार्वता डिसी चौधरी केन्द्रीय सदस्य बनेका छन् ।

मुस्लिमतर्फको कोटाबाट भने मुस्लिम सङ्घको अध्यक्ष अब्दुल सतार नै पार्टीको केन्द्रीय सदस्य बन्न सकेनन् । उनलाई पछि पार्दै सांसद् तथा पूर्वकेन्द्रीय सदस्य फरमुल्लाह मन्सुर विजयी भए । मन्त्री, सांसद् र केन्द्रीय सदस्य भइसकेका मोहम्मद अफताव आलम र सांसद् मोहम्मदी सिद्दिकी पनि पराजित भएका छन् । कांग्रेसमा समावेशी आरक्षणतर्फबाट २२ जना निर्वाचित हुने व्यवस्था छ ।

 

सम्बन्धित शिर्षकहरु