निजी कम्पनिलाई पेट्रोल विक्री गर्न दिने निर्णयविरुद्ध विप्लव माओवादी संघर्षमा

Netra-Bikram-Chandकाठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले निजी कम्पनिलाई पेट्रोलियम पदार्थ विक्री गर्न दिएको अनुमतिविरुद्ध संघर्ष गर्ने बताएको छ । “निजी कम्पनी मालिक, पोट्रोलिमेक्र्स र विराटलाई दिने गरेको निर्णय र विराट कम्पनीलाई नेपाल आयल निगमबाट ९९ रुपैंयाँमा उपभोक्ताले प्राप्त गरी राखेको पेट्रोललाई १३० रुपैयाँमा बिक्री गर्न दिएको अुनमति र व्यवस्थाप्रति हाम्रो पार्टीको ध्यान गम्भीर रुपमा आक्रसित भएको छ । उक्त सरकारी निर्णय र व्यवस्थाको हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ” पार्टी प्रबक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अहिले भइरहेको कालोबजारी, नेपाल आयल निगमलाई धरासायी हुने गरी दिएको अनुमतिका विरुद्ध चैत १ गते काठमाडौंमा विरोध प्रर्दशन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित शिर्षकहरु