‘आपूर्ति सहज बनाउन भारत सकारात्मक’

ranjit-ray-e1429624146459चितवन, नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपालको पुरानो पार्टी नेपाली कांग्रेसले देशलाई अगाडि बढाउन सक्ने नेतृत्व पाएको बताएका छन् ।

भरतपुरमा मंगलबार पत्रकारसँग कुरा गर्दै उनले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहने नेकाले नेपाललाई समृद्ध बनाउन सक्ने विश्वास व्यक्त गरे ।

राजदूत रायले एक फरक प्रसङ्गमा नेपाल आयल निगमले माग गर्न नसकेका कारण आवश्यक मात्रामा पेट्रोलियम पदार्थ आयात हुन नसकेको तर्क दिँदै नेपालमा आपूर्ति सहज बनाउन भारत सकारात्मक रहेको बताए।

चितवन पर्यटकीय गन्तव्य भएको र नेपाल सरकारसँग मिलेर यसको प्रवर्धनमा सहयोग पु¥याउन भारत इच्छुक रहेको पनि उनले बताए ।

सम्बन्धित शिर्षकहरु