काठमाडौं । नेपाली कंग्रेसको सभापति पदका लागि भएको दोश्रो चरणको मतदानको मतगणना शुरु भएको छ । राजधानीको राष्ट्रिय सभागृहान मतगणना भइरहेको हो ।
मतगणना शुरु भएको अढाई घण्टाभित्र परिणाम आउने केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले बताएका छन । दोश्रो चरणको मतदान साँझ पौने ७ बजे सकिएको हो ।
आजको मतदानमा कुल ३ हजार १ सय २० मत खसेको समितिले जनाएको छ । हिजो भएको पहिलो चरणको मतदानमा खसेको भन्दा यो २८ मत कम हो । कुल ३ हजार १ सय ६१ मतदाता रहेकोमा आज ४१ मतदाता अनुपस्थित रहे ।
सभापतिको मतपरिणाम आजै सार्वजनिक गरिएपनि महामन्त्री, कोषाध्यक्ष लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यको मतगणना भने भोली मात्रै गर्ने तयारी निर्वाचन समितिको छ । अन्य मतपेटिका सानेपास्थित पार्टी केन्द्रिय कार्यलयमा कडा सुरक्षा घेरामा राखिएको निर्वाचन समितिले जनाएको छ ।


![g]kfnL sfFu|];sf] !# cf}F dxflwj]zgdf ;efklt kbdf s'g} klg pDd]bjf/n] lgjf{lrt gePkl5 cfh bf];|f] k6s dtbfg s]Gb| /fli6«o ;efu[xdf ;efkltsf k|Tof;L z]/axfb'/ b]pjf . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/03/1457353540221_RoS-Ktm-NC-election-8-300x200.jpg)






