कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचन २ बजेदेखि

g]sf s]Gb|Lo ;ldltsf] a}7s g]kfnL sfFu|]; s]Gb|Lo ;ldltsf] a}7s kf6L{ s]Gb|Lo sfof{no ;fg]kf nlntk'/df sfjf ;efklt /fdrGb| kf}8]nsf] cWoIftfdf a:b}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा सभापति पदका लागि दोस्रो चरणको निर्वाचन सोमबार दिउँसो हुने भएको छ ।

दिउँसो २ देखि ५ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले राससलाई जानकारी दिए ।

आइतबार भएको मतदानमा सभापतिका तीनवटै उम्मेदवारले बहुमत प्राप्त नगरेपछि पुनः मतदान हुन लागेको हो ।

सभापतिको दोस्रो निर्वाचनमा कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुनेभएको छ ।

अघिल्लो निर्वाचनमा महामन्त्री कृष्णप्रसाद सिटौलाले सबैभन्दा थोरै मत प्राप्त गरेपछि निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् ।

सम्बन्धित शिर्षकहरु