नेपाली साहित्यको कुम्भ मेला सिड्नीमा भव्य जम्दै

महेश्वर शर्मा ,असनेपालन्युज ,सिड्नी ।
हामी विश्वको जुनठाउँमा रहेपनि हामी नेपाली हौँ र नेपाली भाषा साहित्य रह्येभने पो हामी नेपाली रहन्छौँ। भाषा र साहित्य नरहे हामीकहाँ रहौँला । नेपाली भाषा र साहित्यलाई बचाईँराख्ने जिम्मेवारी हाम्रो हो भन्ने अभिप्रय बोकेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्सल द्वारा आयोजीत “दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी” को महोत्सब भईरहेको छ। तीन दिन सम्म चल्ने यो विश्व काव्य गोष्ठीमा भाग लिन विश्वका विभिन्न देशहरुबाट साहित्यकारहरू आउनुभएकोछ।महोत्सबको पहिलो आकर्षण ४ मार्च शुक्रबार साँझ रात्रीभोजबाट सुरूभएको कार्यक्रममा फिजीकालागि नेपाली साँकृतिक राजदुत,अन्तरराष्ट्रि नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष तथा पत्रकार भीमसेन सापकोटाले अतिथीहरुलाई स्वागत गर्दै परिचयात्मक कार्यक्रम गर्नुभएको थियो ।कार्यक्रमा सिड्नीका हाँस्यकलाकार भूपेन्द्र चुडाल ले दर्शकहरुलाई पेट मिचीमिची हँसाएका थिए भने सिड्नीको चर्चित नेपिन्डो ग्रुपबाट आकर्षक नृत्य प्रस्तुतभएको थियो।अनेसास एन एस डव्लु च्याप्टरका महासचिव विकाश उप्रेतीले गायनबाट मनोन्जन दिएका थिए भने दिग्पाल देव पंगेनीले आकर्षक किसिमबाट औपचारिक कार्यक्रममको उद्घोषण गर्नुकासाथै पंगेनीले आफ्नो गायनबाट दर्शकहरुलाई मनोरन्जन गराएका थिए। औपचारिक कार्यक्रम सकिएलगत्तै अनौपचारिक प्रस्तुतीमा एक दर्जन भन्दाबढी साहित्यकारहरूले गजल,कविता,मुक्तक सुनाएका थिएभने अनौपचारिक कार्यक्रमको उद्घोषण महेश्वर शर्माले गरेका थिए।कार्यक्रममा अनेसासका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा, डा. प्रोफेसर तथा साहित्यकार गार्गी शर्मा साहित्यकार होमनाथ सुवेदी,साहित्यकारहरु उमा कार्की विन्ध्या सुब्बा पुष्प शर्मा एन एस डव्लु च्याप्टरका सम्पूण पदाधिकारी,समाजका अग्रज व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रम Everest Tandoori Function centre 422 princess Hwy Rockdale मा ६ बजेबाट राती ११ बजे सम्म भएको थियो।
विश्वका विभिन्न १० देशबाट दुई दर्जनभन्दा बढी साहित्यकारहरु सिड्नीमा आउनु भएको छ । घिमिरेका अनुसार जापान, अमेरिका, कोरिया, भारत, नेपाल, इजरायल हंङ्कङ र अस्ट्रेलियाका विभिन्न राज्यहरुबाट सहभागिहरु सिड्नीमा आउने क्रम शुरु भैसकेको छ ।
नेपाली भाषा र साहित्यको विकासमा लामो समय अध्ययन, अनुसन्धान र अध्यापन गर्नुभएका डा गार्गी शर्मा, डा खगेन्द्र लुईटेल, लिला लुईटेल, विन्ध्या सुब्बा, अनेसास अध्यक्ष पदम विश्वकर्मा ,अनेसासका सँस्न्थापक होम नाथ सुबेदी डा कविता लामा, डा पुष्पा शर्मा, भयवादका प्रवद्र्धक तथ हंङ्कङमा सक्रिय साहित्यका देश सुब्बा,  निशा अर्याल, सिता पाण्डे लगायत सिड्नीमा बस्दै आउनु भएका केदार पोखरेल, उमा कार्कि, निशा अर्याल ,दुर्गा घिमिरे , नवराज कार्की, अल्पविराम पोखरेलीको कार्यक्रममा सहभागि हुनुहुन्छ ।  । अनेसासको संस्थापक अध्यक्ष एवं संरक्षक होमनाथ सुवेदी, वर्तमान अध्यक्ष पदम विश्वकर्मा र महासचिव गोवर्दन पुजा पनि यो सम्मेलनमा सहभागि हुनुहुन्छ  । अस्ट्रेलियाको भिक्टोरिया, दक्षिण अस्ट्रेलिया, पश्चिम अस्ट्रेलिया, क्विन्सल्याण्ड र न्यु साउथ वेल्स राज्यहरुबाट पनि सम्मेलनमा सहभागि हुनुहुन्छ  ।

कार्यक्रमको दोस्रो दिन साहित्य र विविध क्षेत्रमा योगदान पुर्याउने नारी हस्ताक्षरहरूलाई सम्मान गरिएको छ । यस्तै कवि भीमसेन सापकोटा को कृति “प्रशनमा ईश्वर ” लोकार्पण गरिएको छ । यस्तै अन्य 8 वटा एकै साथ विमोचन भएको छ । बिन्द्या सुब्बाको नारी साहित्यको  गहकिलो कार्यपत्र, दर्जनौं  दमदार रचना वाचन , शुभकामना का मन्तब्य ले दोस्रो दिन विसेष जम्यो । महामहिम राजादुत रुद्रकुमार नेपाल , अनेसास संस्थापक अध्यक्ष होमनाथ सुबेदि, अध्यक्ष्य पदम विश्वकर्मा , प्रा डा गार्गी शर्मा , डा कविता लामा , एन आर एन का एन एस डब्लु अध्यक्ष दिनेश पोख्रेल ,ईन्द्रा वन  लगायतले  सम्मेलन  सफलताको मन्तव्य राख्नु भएको थियो ।

11148783_10153446490303683_5600321008614521265_o 12376770_10206096926771062_3872920088334054501_n 12512453_10208971227587212_5562572967037503240_n 12805780_10206096919090870_8459284854631391980_n (1) 12805780_10206096919090870_8459284854631391980_n 12814469_10207519774045292_9143659756727281303_n

सम्बन्धित शिर्षकहरु