‘म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार रोशन कडरियालाई(भिडियो लिङ्क सहित )

असनेपाल न्युज, सिड्नी ।विश्वनाथ खनाल ,म पनि बोल्छु अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायबीच पहिलो पटक वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ ।

विदेशमा रहेका युवाहरुले ‘नेपालमा के कस्तो सीप स्थान्तरण गरेर नेपालमा सहयोग गर्न सक्छन्’ भन्ने विषयलाई सो वक्तृत्वकला सम्पन्न भएको हो ।

नेपाली समुदायको आगमन भएको लामो समय भएपनि यो खालको वक्तृत्वकला प्रतियोगिता भएको आयोजकहरुले बताएका छन् ।

१२ जना प्रतिस्पर्धीबीच प्रतियोगिता भएको थियो । वक्तृत्वकला प्रतियोगिताको प्रमुख निर्णायक रुपमा योगी, आर्चाय, प्रध्यापक राजन शर्मा (भिमसेन सापकोटा), रञ्जु वाग्ले थापा, अनु रेग्मी, मन केसी र विनोद पौडेल रहनु भएको थियो ।

सो कार्यक्रममा गैर आवासीय नेपाली संघका उपाध्यक्ष/ विश्व परिषदका प्रवत्ता मन केसी, विद्यार्थी परामर्श केन्द्र (एका) का  अध्यक्ष भुपेन्द्र सिटौला, त्यस्तै  देवबहादुर गुरुङ, नन्द गुरुङ सहितले  विशेष प्रस्तुति राख्नु भएको थियो ।  उपस्थिति रहेको थियो। भने देश विदेशबाट सहभागि जनाउनेको संख्या उल्लेख्य रुपमा रहेको थियो ।

पुरस्कार वितरण गर्दै ‘स्टुडेन्ट भाइब्स’का प्रवन्ध निर्देशक बद्री क्षेत्रीले यस्तो महत्वपूर्ण कार्यक्रममा सम्पन्न गर्नमा सहयोग गर्ने निर्णाय मण्डल, आयोजक, प्रयोजक सहभागि सम्पूर्णलाई धन्यावाद दिदै  नेपालीहरुको सिप र खोजलाई नेपाल पुर्याउन सम्पूर्णको चासो बढेको बताउनु भयो ।

सो कार्यक्रममा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुले नेपालमा सिप स्थानान्नतरण गर्ने सम्भावना नयाँ पुस्ताको सम्भावना र अस्ट्रेलिया नेपाली मनहरु आइपुग्दा नेपाल नजिक बनेको बताउनु भयो ।

अर्चाय योगी राजन शर्माले देश माटोमा पैतालामुनि मात्र नहुने, जहाँ -जहाँ नेपाली पुगेका छन् उनिहरले आफ्नो हृदय र छातीमा नेपाललाई तन्काइरहेको रहेको भोलीको नेपाल निमार्णको लागि विदेशमा रहेका प्रत्येक नेपालीहरुले दत्तचित्त भएर आफुले जानेका ज्ञान, सिप र सम्पत्तीलाई नेपालको विकासको लागि लगाउन आजैवाट सानो-सानो कुराबाट सुरु गर्नुपर्ने बताउनु भएको थियो ।

सिड्नीमा भएको प्रतियोगितामा १२ जनाबाट प्रतिस्पर्धीबाट रोशन कडरिया प्रथम,अनिता पौडेल दोस्रो र तृतीय पुरस्कार भुवन तिमल्सिनाले पाउनु् भएको थियो । सम्पूर्ण सहभागिहरुलाई विभिन्न आयोजक प्रयोजकहरुले आ आफ्ना पुरस्कारहरु राख्नु भएको थियो ।

कसैले व्युटिपार्लर, कसैले कलेज उत्पेरणको, यसै क्रममा विश्वशान्ति तथा अध्यात्मक विज्ञान समाज(GSPSS), तथा महायोग तथा महा योगा ग्लोवल कलेजले सहभागीहरु सबैलाई सटिर्फिकेट ‘थ्री’ अर्थात २०० घण्टाको योग शिक्षक प्रशिक्षण नि:शुल्क दिलाइने पनि घोषणा गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले ७ सय अष्ट्रेलियन डलर, प्रमाण पत्र, ट्रफी, मेडल, २५० डलर बराबरको हेयर एण्ड ब्युटी भौचरलगायत उपहार प्राप्त गरे । यसैगरि दोस्रो र तेस्रो हुनेले पनि नगद सहित विभिन्न उपहार पुरस्कारको रुपमा प्राप्त गरेका छन् ।

निर्णायकमण्डलको तर्फ बाट प्रस्तुत एक नमुना प्रतिकृया :

https://fb.watch/4qhRSkUd2E/ 

सहभागिको नमुना प्रस्तुति:

https://fb.watch/4qhXtC6etJ/

No description available.

सम्बन्धित शिर्षकहरु