छोरीहरुलाई आमाले विष खुवाउँदा, एकको मृत्यु एकको अवस्था गम्भीर

Poisonबर्दिया । बर्दिया धधवार–८ की २३ वर्षीया सीता चौधरीले आफूले विष सेवन गरी चार वर्षीया जुम्ल्याहा छोरीलाई समेत विष सेवन गराएकी छन् ।

विष सेवन गराउँदा एक छोरीको मृत्यु भएको छ भने एक छोरी र उनी आफू पनि अशक्त भएकी छन् ।

सीता चौधरीले बुधबार आफू र जुम्ल्याहा छोरी गङ्गा चौधरी तथा जमुना चौधरीलाई नाम खुल्न नसकेको विषादी सेवन गराउँदा अशक्त भएकाले उपचारका लागि तीनैजनालाई जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा गङ्गाको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

सम्बन्धित शिर्षकहरु