बुढासुब्बा गोल्ड कप आजदेखि सुरु

20150308apf-lift-budha-subba-gold-cup-600x0फागुन १५ । सुनसरी, रीको धरानमा शनिबारदेखि १८ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितमा भारत र भुटानका एक एकसहित ८ टोलीको सहभागिता छ ।

मनाङ मर्स्याङदी, भुटानको भुटान ११, सशस्त्र प्रहरीको एपिएफ र पोखरा ११ समूह ‘ए’ तथा रुपेन्देही ११, भारतको शारे क्लब कालिङपोङ, नेपाल पुलिस क्लब र आयोजक धरान फुटबल क्लब समूह ‘बी’ मा छन् ।

प्रतियोगिताको पहिलो खेलमा शनिबार मनाङ मर्स्याङदी र भुटान ११ खेल्ने छन् । यी दुई बिचको खेल दिउँसो ३ बजेपछि धरानमा रहेको एन्फा टेक्निकल सेन्टरको मैदान हुनेछ ।

प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन २२ गते हुनेछ ।

सम्बन्धित शिर्षकहरु