काठमाडौं, लगातार दुर्इवटा जहाज दुर्घटनामा परेपछि सरकारले सिंगल इञ्जिनको बिमानमा यात्रु बोक्न रोक लगाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आज नेपाल नागरिक उडड्यन प्राधिकरणमार्फत सबै सिंगल इञ्जिन भएका विमानमा यात्रु बोकाउन नपाउने कडा व्यवस्था गर्न निर्देशन दिएको हो ।
हुम्लाका लागि यात्रु लिएर जाँदै गर्दा इञ्जिन फेल भएर बिमान दुर्घटनामा परेपछि पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले सबै सिंगल इञ्जिन विमानको परीक्षण नगरी उडान नगराउन र यात्रु बाकेर उडान भर्न रोक लगाउन निर्देशन दिएका हुन् । आज दुर्घटनामा परको बिमान पनि सिंगल इञ्जिन भएकै हो।
कनुनी व्यवस्थाअनुसार सिंगल इन्जिनका बिमानले यात्रु बोक्न पाउँदैनन् । यस्ता बिमान तर, कुनै दुर्गम क्षेत्रमा चार्टर गरे भने यात्रु लैजान सक्छन् । यस्ता बिमानलाई तालिका बनाएर यात्रु बोक्न इजाजत थिएन ।
‘नागरिक उढड्ययन प्राधिकरणलाई यसमा कडाइ गर्न भनेका छौं । अब सिंगल इञ्जिन भएका बिमानले यात्रु बोक्न पाउने छैनन्’ मन्त्री पोखरेले भने ।
अब यो निर्देशनपछि सिंगल इञ्जिन बिमानमा यात्रु बोकिरहेका गोमा, सीता, र काष्ठमण्डपका केही बिमानले यात्रु बोक्न पाउने छैनन् ।
दुर्गम क्षेत्रमा सामान ढुवानी गर्नुपर्ने बिमानमा यात्रु राख्दा ठूलो मानवीय क्षति बेहोर्नुपरेपछि बल्ल सरकारले कानुन कार्यान्वयनमा चासो देखाएको हो ।








