मोदीले स्वीकारे, नेपालको संविधान घोषणा ‘महत्वपूर्ण उपलब्धि’

modi8नयाँ दिल्ली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानलाई दशकौंको संघर्षपछि प्राप्त ‘एक महत्वपूर्ण उपलब्धि’ बताएका छन् । तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने उनले बताएका छन् ।

नेपालमा नयाँ संविधान जारी भएपछि यसलाई स्वागत गर्न हिच्किचाउँदै भारतले आर्थिक नाकाबन्दीसमेत गरेको थियो । तर, नेपालका प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि हैदारावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने, दशकौंको संघर्षबाट बनेको नेपालको संविधान एक महत्वपूर्ण उपलब्धि हो ।’

तर, नेपालको संविधान कार्यान्वयनका लागिग सबै वर्ग र समुदायलाई साथ लिएर अघि बढ्नु पर्ने उनले बताए । उनले सहमति, वार्ता एवं राजनीतिक सम्वादबाट सबै वर्गका अगाडि लिएर जाने अपेक्षासमेत सुनाए ।

संविधानलाई उपलब्धि बताएका मोलीले बाँकी मुद्दाहरु वार्ता र सम्वादको माध्यमबाट टुंगो लगाउने अपेक्षा गर्नुले मधेसको मामिलामा भारत अझै पनि पुरानै अडानमा रहेको देखिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालको शान्ति, स्थिरता र आर्थिक विकासका बारेमा आफू र नेपालका प्रधानमन्त्री ओलीवीच कुराकानी भएको मोदीले संयुक्त पत्रकार सम्मेलनमा बताए ।
संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण गरेका थिए । नेपालदका प्रधानमन्त्री ओलीले अंग्रेजीमा लिखित भाषण पढेका थिए ।

सम्बन्धित शिर्षकहरु