काठमाडौं, युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तरगत बुधबारराति भएको प्रि–क्वाटरफाइनलका पहिलो लिगमा रियल मड्रिड विजयी भएको छ ।
स्पेनिस क्लब रियलले इटालीलयन क्लब रोमालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । रियलको जितमा क्रिष्टियानो रोनाल्डो र रोड्रिग्वेजले एक–एक गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलका लागि ५७ औं मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको ८६ औं मिनेटमा रोड्रिग्वेजले गोल गरेपछि रियल पहिलो लेगमा २–० को जित निकाल्न सफल भयो ।
प्रि–क्वाटरफाइनलको दोस्रो लेग रियल मड्रिडको मैदानमा आगामी फागुन २५ गते हुनेछ ।
बुधबारराति नै भएको अर्को खेलमा उल्फबर्गले केएए जेन्टलाई ३–२ ले पराजित गरेको छ ।








