अखिलको चुनाव सकियो, मतगणना शुक्रबार मात्रै

akhil-2-660x330काठमाडौं, नेकपा (एमाले) निकट अनेरास्ववियुको नयाँ नेतृत्वकालागि मतदान सम्पन्न भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बुधबार शुरु भएको मतदान बिहीबार बिहान ४ बजे सकिएको हो । पदाधिकारी सहित १ सय ४१ केन्द्रिय सदस्य चयनका लागि भएको निर्वाचनमा १ हजार ५ सय २० जना प्रतिनिधिले मतदान गरेको सचिवका प्रत्यासी आरसी लामिछानेले जानकारी बाह्रखरीलाई जानकारी दिए ।

मतगणना शुक्रबार बिहान ११ बजेपछि शुरू गरिने महासचिवका प्रत्यासी अब्दुल हुसेन खाँले बताए । भोलि साँझ सम्म मतपरिणाम सार्वजनीक गर्ने तयारी छ । नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट नविना लामा र नेता माधव नेपाल पक्षबाट दीपक गौतम प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिनिधि विवादका कारण बन्दशत्र अवरुद्ध भएपछि राष्ट्रिय सम्मेलन सुरु भएको एक सातापछि मतदान भएको हो ।

सम्बन्धित शिर्षकहरु