काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प र नाकाबन्दीका कारण देशले खरबाँै रुपैयाको नोक्सानी व्यहोर्नु परेकाले राष्ट्रको पुनःनिर्माणका लागि सङ्कल्प गर्नुपर्ने बताएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनको १४ औं सम्मेलनको शुभारम्भ गर्दै उनले भूकम्पपछि पुरातात्विक सम्पदालगायतका भवनसमेत ध्वस्त भएकाले तिनको पुनर्निर्माणका लागि इन्जिनियरहरुको आवश्यकता रहेको औंल्याएका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सो सम्मेलनमा प्रधानमन्त्री ओलीले भने–‘‘सरकारका विकास निर्माणका काम कारबाही धिमा गतिमा अघि बढेको छ, हरेक काममा विस्तारै अघि बढ्ने बानी छ, जलस्रोतको धनी यस मूलुकमा १०५ वर्षमा अढाईसय मेगावाट मात्र विद्युत् उत्पादन भएको छ, अब हामीले यस्तो स्थिति तोड्नु प¥यो, हाम्रो जनशक्तिले हाम्रै देशमा काम गरेर बस्ने वातावरण सिर्जना गर्नुपर्यो ।”
‘अरुको सहयोगले देश बन्दैन, आफ्नै प्रयासले बन्छ’ भन्दै उनले राम्रो काम गरेमा नेपाललाई जुनसुकै मुलुकले पनि चिन्छ, तर त्यही नेपालभित्रको काम कारबाही सुस्त हुनु र बिजुली उत्पादन गर्नसक्ने देशमा बिजुलीको अभाव हुनु राम्रो होइन, स्रोत र प्राविधिक हामीसँगै छ, लगानी बढाउन सकिन्छ, तर पनि विकासका काम छिटो अघि बढाउन नसक्नुका कारण खोजी हुनुपर्ने धारणा राखे ।
आयोजक संस्थाका अध्यक्ष इन्जिनियर धु्रवराज थापाले इन्जिनियरिङ विश्वविद्यालय तथा इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्न, सरकारी सेवामा इन्जिनियरलाई प्रशासन सेवाबाट अलग राख्न र युवा इन्जिनियरलाई पलायन हुन नदिन व्यवस्थापन गर्न सरकारसँग माग गरे ।
उनले देशको आर्थिक विकासका लागि पूर्वाधार तयार गर्ने प्राविधिक भए पनि विज्ञान र प्रविधिलाई प्राथमिकतामा नराखिएको, प्रशासन सेवामा प्राविधिकलाई माथिल्लो तहमा जाने अवसरमा सङ्कुचन गरिएकाले अब्बल दर्जाका इन्जिनियर पलायन भई ठूलठूला आयोजनामा इन्जिनियरको अभाव हुन थालेको पनि जानकारी गराएका थिए ।
सम्मेलनमा इन्जिनियर विकास पोखरेललाई युथ प्रोफेसनल एवार्ड, इन्जिनियर डा सुमित्रा अमात्यलाई आउटस्टाण्डिङ उमन एवार्ड, इन्दिवर गुरुङलाई मार्टियर नवराज एवार्ड, इन्जिनियर अरविन्दकुमार मिश्रलाई बेष्ट इन्नोभेसन एवार्ड, संयुृक्त राष्टसङ्घीय विकास कार्यक्रमलाई इन्जिनियरिङ एप्रिसिएसन एवार्ड, इन्जिनियर पद्म ज्योतिलाई बेष्ट इन्टरप्रेनियर एवार्ड र इन्जिनियर चेतप्रसाद भट्टराईलाई लाइफटाइम एचिभमेन्ट एवार्ड प्रदान गरिएको थियो ।
तिन दिनसम्म चल्ने सो सम्मेलनमा प्रस्तुत हुने ३३ वटा कार्यपत्रमा छलफल गरी निचोड निकालिने भएको छ ।


![k|wfgdGqL s]kL zdf{ cf]nLn] sf7df8f}Fdf a'waf/ g]kfn OlGhlgo;{ P;f]l;P;gsf] !$ cfF} ;Dd]ngsf] pb3f6g sfo{qmdnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/02/1455704425449_Pro_Ktm_Kp-oli-news-pic-300x175.jpg)






