वैदेशिक व्यापारमा २९ प्रतिशतको कमी

International-Trade-Logoफागुन ४ । काठमाडौँ, चालुक आवको प्रथम छ महिनाको अवधिमा मुलुकको वैदेशिक व्यापारमा २८.९ प्रतिशतले कमी आएको छ ।

मुलुक वैदेशिक व्यापारमा करिब दुईतिहाइ व्यापारमा साझेदार रहँदै आएको भारततर्फको निर्यात र आयातमा क्रमशः ३६.६ प्रतिशत तथा ३६.२ प्रतिशत कमी आएकाले समग्र व्यापारमा कमी भएको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार छ महिनाको अवधिमा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु तीन खर्ब तीन अर्ब ८३ करोड छ भने यस अवधिमा मुलुकको कुल व्यापार घाटा रु दुई खर्ब ४० अर्ब ९५ करोडमा सीमित भएको छ ।

केन्द्रका निर्देशक सुयस खनालका अनुसार कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १०.३ प्रतिशत र ८९.७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी २८.६ प्रतिशतले कमी आई रु ३१ अर्ब ४४ करोड तथा कुल पैठारीमा २८.९ प्रतिशतले कमी आई रु दुई खर्ब ७२ अर्ब ३९ करोडमा सीमित भएको छ ।

केन्द्रका निर्देशक खनालले तयारी पोसाक, उनी गलैँचा, अलैँची, फेल्टका उत्पादनको निर्यातमा वृद्धिको अवस्था आउनुले नेपालको निर्यात व्यापारलाई थप ह्रासोन्मुख हुनबाट जोगाएको बताए ।

सम्बन्धित शिर्षकहरु