डा. बाबुरामको छोरीको विहेमा जे देखियो

काठमाडौं,  पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले छोरी मानुषी यामी भट्टराईको हात ज्वार्इंलाई सुम्पिएका छन् ।

शनिबार पूर्व पार्टी माओवादीले २१ औं जनयुद्ध दिवस मनाइरहँदा बाबुरामले भने जनवादी शैलीमा आफ्नी एक्ली छोरी मानुषीको बिहे गरिदिएका हुन् । बाबुरामले मानुषीको विहे नयाँ शक्ति अभियानका नेता एवं तनहुँ घर भएका जेकेन्द्र श्रेष्ठसँग गरिदिएका छन् ।

आफ्नै निवास सानेपामा हिन्दू परम्पराअनुसार बाबुराम र पत्नि हिसिला यमीले छोरीको हात ज्वाइ जेकेन्द्रलाई सुम्पिए ।

को–को पुगे विहेमा?

manushi2बाबुरामकी छोरीको विहेमा नातागोता, परिवारका सदस्य, ज्वार्इंतर्फका परिवारका सदस्य र नातेदारको उल्लेख्य उपस्थिती थियो । अन्य बाह्य अतिथिहरुको भने सिमित मात्रामा उपस्थित थिए ।

बिहेमा बाबुराम निकट मानिने नागरिक अगुवाहरु खगेन्द्र संग्रौला, दमननाथ ढुंगाना, देवेन्द्रराज पाण्डेको उपस्थिति थियो । त्यसैगरी चर्चित नायिका रेखा थापा र करिश्मा मानन्धर पनि मानुषीको विहेमा पुगेकी थिइन् ।

भारतीय राजदूत रञ्जित रे, चिनीयाँ राजदूत वु चुन्ताई, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की, प्रधानसेनापति राजेन्द्र क्षेत्री, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाशचन्द्र वस्ती, रामेश्वर खनाल, लगायतका नयाँ शक्तिका नेताहरु, प्रा. डा. पिताम्बर शर्मा, उद्योगी सुरज वैद्य, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तिर्थ खनियाँ र जेम्स स्कुलका संचालक राजेश खड्का पनि सहभागी थिए ।

उक्त अवसरमा मानुषीले बिहे खर्चवापत ५० हजार रुपैयाँ त्रिवि केन्द्रीय पुस्तकालयलाई र ३० हजार रुपैयाँ पूर्वजनसेनाकी छोरी फुर्मी तामाङलाई प्रदान गरिन् ।

सम्बन्धित शिर्षकहरु