काठमाडौँ, उन्नाइस वर्षमुनि यु–१९को विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले नेपाल र नामिबियाबीच ‘प्ले अप’ खेल जारी छ ।
बङ्गलादेशको फतुल्लाहमा जारी खेलमा यो समाचार तयार पार्दासम्म टस जितेर ‘ब्याटिङ’ गरेको नामिबियाले ३० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ९९ रन बनाएको छ ।
नेपालका लागि सुशील कँडेलले २ र सुनिल धमलाले १ विकेट लिएका छन् । पहिलो बलमै धमलाले निको डेभिनलाई तथा कँडेलले जुर्गन लिन्डे र जेन ग्रिनलाई आउट गरेका हुन् ।
आजको खेल जितेमा एक टोली अर्को विश्वकपका लागि सिधै छनोट हुने प्रावधान छ । तसर्थ, विश्वकप सुरक्षित गर्न नेपाललाई खेल जित्नेपर्ने दबाब छ ।








