काठमाडौं, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आफ्ना निजी चिकित्सक र सहयोगीसँग अन्तिम संवाद गरेका थिए।
निधनअघि नेता कोइरालाले अन्तिम पटक आफ्ना निजी सहयोगी कृष्ण अर्याल र चिकित्सक डा करवीर योगीसँग संवाद गरेको उनका प्रेस सहयोगी प्रकाश अधिकारीले बताए । उनको नाडीको धड्कन कम हुँदै गएपछि उपचारका सम्बन्धमा कुरा हुँदा उनको अन्तिम वाणी “मैले बुझिसकेँ” भन्ने थियो । अलिक बढी चापेपछि निजी चिकित्सक डा योगीलाई बोलाइएको थियो । अन्तिम समयसम्म पनि उनलाई अक्सिजन र नेबुलाइजर दिइएको थियो ।
उनलाई पछिल्लो समय निमोनिया र ज्वरो आएको थियो । उनलाई निजी चिकित्सक र आवश्यकतानुसार विशेषज्ञ चिकित्सकले सेवा पु¥याउँदै आएका थिए। उनले दमको समेत प्रभाव देखिएकाले केही दिनअगाडिदेखि आवश्यकतानुसार नेबुलाइजर र अक्सिजन लिने गरेका थिए । उनमा केही दिनयता निद्रा पनि कम हुँदै गएको थियो । यस्तो बेलामा टेलिभिजनमा देश–विदेशका समाचार हेर्दै नेपालको अवस्थाका बारेमा आफ्ना सहयोगीसँग उनी चिन्ता व्यक्त गर्नुहुन्थ्यो ।
पार्टीको बाह्रौँ अधिवेशनबाट सभापति निर्वाचित कोइराला त्यसपूर्व कावा सभापति, पार्टी महामन्त्री र केन्द्रीय सदस्यका रुपमा रही पार्टीमार्फत देश र जनताको सेवामा संलग्न भएका थिए। संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गरेका सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नायक तत्कालीन प्रधानमन्त्री कोइरालाले आफ्नो वचनबद्धताअनुरुप संविधानसभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्गप्रशस्त गरेका थिए।
आफ्नो प्रधानमन्त्रित्वकालमा उनले भारत, चीन, म्यानमा, संयुक्त राज्य अमेरिका, बेल्जियम, लक्जम्बर्ग र इन्डोनेसियाको भ्रमण गरेका थिए । प्रधानमन्त्री पदमा रहँदा भ्रमण मार्गमा युएई र थाइल्यान्डको पनि भ्रमण गरेका थिए ।
उनले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभा, अफ्रोएसियाली शिखर सम्मेलनको स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोजित जाकर्ता र वाङ्डुड सम्मेलन, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८औँ शिखर सम्मेलन र म्यान्माको राजधानी नेपिटोमा सम्पन्न बहुपक्षीय प्राविधिक एवम् आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकका तेस्रो शिखर सम्मेलनलाई सम्बोधन गरी विश्वमा लोकतान्त्रिक व्यवस्थाका माध्यमबाट शान्ति, सद्भाव कायम गर्दै विश्वभर सुख, शान्ति र समृद्धि फैलाउन सकिने सन्देश प्रवाह गरेका थिए।
नेता कोइरालाको जीवनीः
जन्म: विसं १९९६ साउन २८ गते
जन्मस्थान: विराटनगर, मोरङ
स्थायी ठेगाना: नेपालगन्ज–१३, बाँके
वैवाहिक स्थिति: अविवाहित
पिता: बोधप्रसाद कोइराला
माता: कुमुदिनीदेवी कोइराला
दाजुभाइ (आफूसमेत) : छ जना (प्रमोद कोइराला, विनोद कोइराला, डा अरुण कोइराला, अशोक कोइराला, विजय कोइराला)
दिदीबहिनी: छ जना (दिती शर्मा, आभादेवी शर्मा, विभा, सुधा कोइराला, शशी शर्मा, सरिता )
राजनीतिमा संलग्नताः
२००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न, ठाकुरराम हाइस्कुल वीरगन्जमा अध्ययनरत रहँदा नै राजनीतिमा सक्रिय ।
नेपाली कांँग्रेसले अङ्गीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवम् कांग्रेसका संस्थापक बिपी कोइराला लगायत नेताको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न ।
२०११ सालमा पिताजी बोधप्रसाद नवलपरासीको डिएफओ रहँदा भाइ अरुणसँगै पाल्पामा नेपाल छात्र सङ्घको शाखा खोल्न प्रस्थान ।
२०१२ साल माघमा वीरगन्जमा सम्पन्न काँग्रेसको छैटौँ महाधिवेशनमा सहभागी ।
२०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी ।
२०१५ सालमा संसदीय निर्वाचनको प्रचारप्रसारमा नेपालगन्जमा सक्रियतापूर्वक सहभागी ।
२०१७ साल पुस १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद् भङ्ग गरेपछि नेता सुवर्णशम्शेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा अरुण सहित कलकत्ता प्रस्थान । पश्चिम बङ्गालका मुख्यमन्त्री विधानचन्द्र रायसँग भेटघाट, भारतमा पत्रकार सम्मेलन, भारतका जयप्रकाश नारायण, डा राममनोहर लोहिया, अशोक मेहता, मधु दण्डवते लगायत नेतासँग सम्पर्क गरी नेपालको राजनीतिक अवस्थाबारे अवगत गराएको ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको नेपाल भ्रमण तय भएपछि नेपाल अशान्त भएको र जनता प्रजातन्त्र अपहृत भएकामा रुष्ट रहेको सन्देश दिन नेपालका विभिन्न भागमा भूमिगत रुपमा विरोध कार्यक्रम सञ्चालन ।
राजा महेन्द्रको कोसी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील ।
२०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्वासित ।
२०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ, तीन वर्षभन्दा बढी समय भारतका विभिन्न कारागारमा ।
२०३७ सालमा जनमतसङ्ग्रह हुनुभन्दा केही हप्ता अगाडि (वैशाख १ गते) गिरिजाप्रसाद कोइरालासँगै आममाफी ।
२०३७ सालको जनमतसङ्ग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय ।
२०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी ।
२०४६ सालको जनआन्दोलनमा अग्रपङ्क्तिमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला काँग्रेस नेता तारानाथ रानाभाटसँगै गिरफ्तार ।
२०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि काँग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय ।
२०६१ माघ १९ गते शाही ‘कु’ भएपछि सोही दिन बाँकेमा तीन महिना नजरबन्द, त्यसपछि काँग्रेसको अगुवाइमा सञ्चालित सातदलीय आन्दोलनमा सक्रिय सहभागिता ।
निरङकुश राजतन्त्रविरुद्ध २०६२/६३ मा काँग्रेसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह ।
प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत गरी छ वर्षभन्दा बढी कारागार ।
पार्टीमा जिम्मेवारी
पार्टी सदस्य: २०१२ साल
सम्पादक: ‘तरुण’ पत्रिका, काँग्रेसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा ।
पार्टी केन्द्रीय सदस्य: २०४५ साल मङ्सिर १३ देखि
पार्टी विदेश विभाग प्रमुख: २०४५/४६ साल (सन् १९९०) मा
पार्टी महामन्त्री: नवौँ महाधिवेशन २०५३ साल, पोखरापछि
पार्टी उपसभापति: २०५५ साल असोज २० गते
कावा सभापति: एघारौँ महाधिवेशन १३–१८ भदौ, २०६२ साल ९संस्थापन० र पार्टी एकीकरणपछिको कार्यसमिति २०६४ साल
सभापति: बाह्रौँ महाधिवेशन २०६७ साल, १–५ असोज, काठमाडौँ ।
विधायिकी यात्रा
संसदीय दलको नेता निर्वाचित २०७० साल माघ १२
पहिलो संविधानसभा: २०६४ सालमा पराजित ९मधेसी जनाधिकार फोरमका सर्वदेव ओझा निर्वाचित०
दोस्रो संविधानसभा २०७० सालको सदस्य निर्वाचित: बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४
प्राप्त मत: बाँके १० हजार ७५३ र चितवन २० हजार ७६०
प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६: विजयी
संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा: प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि २०५८ सालमा सम्पन्न संसदीय दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा (शेरबहादुर देउवा विजयी)
प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ सालको निर्वाचन: बाँकेबाट प्रतिस्पर्धा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ सालको गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि २०५८ सालमा सम्पन्न संसदीय दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा (शेरबहादुर देउवा विजयी)
प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ सालको निर्वाचन: बाँकेबाट प्रतिस्पर्धा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ सालको









