जुम्ला, यहाँ हिमपात भएपनि नेपाली काँग्रेस जुम्लाको छैठौँ जिल्ला अधिवेशन सुरु हुनेभएको छ ।
केन्द्रीय सदस्य दिनवन्धु श्रेष्ठसहितको नेतृत्व तहमा बसेको बैठकले छैठौँ जिल्ला अधिवेशनलाई सौहार्द, शान्त र मर्यादित बनाउने निर्णय गरेको छ । आज बिहानबाट हिमपात भएकाले अधिवेशन केही हदसम्म प्रभावित भएको छ ।
अधिवेशन हलमा भए पनि सञ्चालन गर्ने कि स्थगित गर्ने भन्ने विषयमा निक्र्योल भइनसकेको कार्यबाहक सभापति दीपबहादुर अनुसार हिमपात भए पनि अधिवेशन अगाडि बढाइने छ ।
छैठौँ जिल्ला अधिवेशनमा चन्दननाथ नगरपालिकाबाट ७० र अन्य २६ वटा गाविस गरेर २४१ जना मतदाता सङ्ख्या रहेको कार्यबाहक सचिव कर्णबहादुर शाहीले बताए।
यसअघि धेरैले सभापतिमा दाबी गरे पनि अहिले तीनजना आकाङ्क्षी रहेको सचिव शाहीको भनाइ छ । उनले लोकतान्त्रिक परिपाटीबाट चल्ने पार्टीले लोकका बीचमा उम्मेदवार छोड्ने सिद्धान्त हुँदाहुँदै पनि प्रतिस्पर्धाको अभ्यास पनि अगाडि बढेको बताए।


![h'Dnfdf lxpFaf6 hghLjg si6s/ h'Dnfdf nuftf/ lxpFkg{ yfn]kl5 ahf/ ;]tfDo / hghLjg si6s/ ePsf] 5 . tl:a/ M z'/axfb'/ l;+x, h'Dnf, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/02/Jumla-himpat-3-765-300x200.jpg)






