अरब सागरमा न्यूनचापीय क्षेत्रको प्रभावले मौसममा खराबी

uf]/vfsf] pQ/L e]u af/kfs / nfk|fsdf ePsf] lxdkft . tl:a/ M k|zGg kf]v/]n, uf]/vf÷/f;;

माघ २३ । काठमाडौँ, अरब सागरलगायत राजस्थान आसपासमा देखिएको न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालको मौसममा खराबी आएको छ ।

न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर मौसम बद्ली हुनुका साथै केही चिसो महसुस भएको छ ।

उक्त प्रणाली नेपालको पश्चिमी र दक्षिण पश्चिमी भेगबाट गए राति प्रवेश गरेका कारण नेपालको आकाश बादलले ढाकेको मौसमविद् सुवास रिमालले जानकारी दिए।

“राति नेपाल प्रवेश गरेको प्रणालीले मुलुकभर बद्ली भएको छ, यो प्रणाली आज बेलुकाबाट हटेपनि पुनः मध्यरातबाट अर्को प्रणाली पश्चिमी न्यूनचापीय क्षेत्रको विकासबाट बन्ने आउँदैछ । पश्चिमी क्षेत्रमा आइतबार अपराह्नपछि वर्षा हुनेछ”–उनले भने ।

सोही प्रणालीका कारण पश्चिमी क्षेत्रमा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात हुने र सोमबारदेखिमात्र मौसममा सुधार आउनेछ । पश्चिमी न्यूनचापीय प्रणाली बढी शक्तिशाली र सक्रिय भएमात्रै काठमाडौँ उपत्यकामा असर पर्ने नत्र सामान्य रहने मौसमविद् रिमालले उल्लेख गरे।

उपत्यकासहित देशभर बद्लीसँगै न्यूनतम तापक्रम बढे पनि घाम नलागेका कारण आज बढी चिसो महसुस गरिएको छ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्रीसेल्सियस र अधिकतम तापक्रम २१ डिग्रीसेल्सियस रहेपनि एक दुई दिन बद्ली रहने भएकाले अझै न्यूनतम तापक्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाले जानएको छ ।

सम्बन्धित शिर्षकहरु