प्रधानमन्त्री ओलीको यस्तो निर्देशन

CPN-UML Chairman KP Sharma Oli presents his nomination to the prime ministerial election, at the Parliament meeting in Kathmandu, on Sunday, October 11, 2015. Photo: RSS

काठमाडौं, रधानमन्त्री केपी शर्मा ओलीले तत्काल तेलको मूल्य र सार्वजनिक सवारीको भाडा दर समायोजन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत पत्र लेख्दै प्रधानमन्त्रीले सम्बन्धित मन्त्रालयहरुलाई तेलको मूल्य र गाडीको भाडा समायोजन गर्न निर्देशन दिएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई बुधबार पठाइएको पत्रमा पछिल्लोपटक आयल निगमले तेलको मूल्य घटाएपनि सार्वजनिक सवारीको गाडी भाडा नघटाएकोमा ध्यानाकर्षण भएको उल्लेख छ । अब मन्त्रालयले यातायात व्यवस्था विभागलाई त्यसैअनुरुप परिपत्र गर्नेछ ।

‘तेलको मूल्य घट्दा पनि सम्बन्धित विभागले गाडी भाडा समायोजन गर्न चासो नदेखाएकाले तत्काल त्यस अनुरुप कार्य अघि बढाउन निर्देशन दिइएको छ’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

यसैगरी प्रधानमन्त्रीको कार्यालयले अन्तर्राष्ट्रिय मूल्य अनुरुप तेलको मूल्य समायोजन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । आयल निगमले निकै कम मूल्यमा किनेर ठूलो नाफा राख्ने गरी  तेलको मूल्य तोकेको छ । प्रधानमन्त्रीले तत्काल अन्तर्राष्ट्रिय बजारको मूल्य अनुरुप नै समायोजन गर्ने  व्यवस्था गर्न आपूर्ति मन्त्रालयलाई भनेका छन् ।

सम्बन्धित शिर्षकहरु