काठमाडौं, माघ २२ गतेबाट भारतमा आयोजना हुन लागेको १२ औं दक्षिण एसियाली खेलकुद साग सहभागिता जनाउने नेपाली टोली आज भारत प्रस्थान गर्ने भएको छ ।
भारतको गुवाहाटी र सिलोङमा माघ २२ देखि फागुन ४ गते सम्म चल्ने सागमा २३ खेलमा ३ सय ८४ नेपाली खेलाडीको सहभागिता रहने छ । हक्कीमा बाहेक सबै २३ खेलमा पुरुष/महिला खेलाडीको सहभागिता रहने छ ।
राष्ट्रिय खेलकुद् परिषदले सोमबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले खेलाडीहरुलाई विदाइ गरिन् ।उनले तेक्वान्दो, सुटिङ, उसु, स्क्वास, टेबलटेनिस लगायतका खेलका खेलाडीहरुलाई माला लगाइदिएर विदाइ गरिन् । खेलाडी तथा खेल पदाधिकारीको विदाइका क्रममा राष्ट्रपति विद्या भण्डारीले नियम र अनुशासनमा रही उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरिन् ।
१२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगीतामा ३ सय ८४ जना खेलाडी र १ सय ३८ जना खेल सम्बद्ध पदाधिकारी सहभागी हुँदै छन् । १७ वर्ष पहिले काठमाडौमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपालले ३१ वटा स्वर्ण पदक हात पार्नु नै नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो ।








