नेपालका २२ हजार पदाधिकारी भारतबाट तलव बुझ्छन्ः बिजुक्छे

bijukchheभक्तपुर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसको महाधिबेशन पश्चात सरकार परिवर्तन हुने बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले नेपाली कांग्रेसको महाधिबेशन पश्चात कांग्रेसको नेतृत्वमा मधेशबादी दल, एनेकपा माओबादी र अन्य दलसहितको सरकार निर्माण हुने सम्भावना अत्याधिक रहेको बताएका हुन् ।

उनले हालै गरिएको संविधान संशोधन भारतको दबाबमै भएको टिप्पणी गर्दै नेपालमा फेरी सुगौली सन्धीको पुनरावृत्ति भएको बताए ।

नेपालका विभिन्न महत्वपूर्ण पदमा रहेका २२ हजार पदाधिकारीहरुले भारतको तलब खाएर नेपालीको भन्दा भारतको भक्तिमा लाग्नुका साथै नेपालका सम्पूर्ण सुचना भारतलाई उपलब्ध गराउने गरेको उनको भनाइ छ ।

हालसम्म सरकारमा गएका दल र प्रधानमन्त्री बनेकाहरुकै कारण नेपालमा भ्रष्टाचार मौलाएको र चुनाब ताका कार्यकर्तालाई दिएका गलत आश्वासन पुरा गर्न गलत काम गर्ने परम्पराले नेपालमा भ्रष्ट्राचार घट्नुका साट्टो बढेको उनको दाबी छ ।

तराई आन्दोलन संबिधान संशोधन गरेर केहि शान्त भएता पनि अब मागहरु एक एक गरिँदै थपिँदै जाने र भारतले इशारा नगरे सम्म शान्त नहुने समेत उनको भनाई छ ।

उनले बहुराष्ट्रिय कम्पनीहरुलाई नेपाली कामदार बिदेश पठाएर गुण लगाए बापत पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई बिश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेर नेपाली कामदार बिदेश पठाउने काममा मद्दत गरेको समेत आरोप लगाए ।

सम्बन्धित शिर्षकहरु