पहिलो टी–२० सिरिजमा भारत ३७ रनले विजयी भयो

काठमाडौं, अष्ट्रेलियाविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत ३७ रनले विजयी भएको छ । यससँगै तीन म्याचको सिरिजमा भारत १–० ले अगाडि भएको छ ।

एडिलेडमा पहिले ब्याटिङ गरेको भारतले विरोट कोहलीको ९० रनको मदतमा २० ओभरमा १८८ रन बनायो ।

५५ बल सामना गरेका कोहलीले ९ चौका र २ छक्का हाने । यसैगरी सुरेश रैनाले ४१ रनको योगदान दिए भने रोहित शर्मा ३१ रनमा आउट भए ।

जवाफमा मैदान उत्रिएको अष्ट्रेलिया अन्तिम ३ बल खेल्नु अघि १५१ रनमा अलआउट भयो । उसका लागि एरोन फिच्नले सर्वाधिक ४४ रन जोडे । स्टिभ स्मिथले २१ रनको पारी खेले ।

भारतका जसप्रित बुमराहले ३ विकेट लिए आर अश्विन, रविन्द्र जडेजा र हार्दिक पाण्डेयले २-२ विकेट लिए ।

सम्बन्धित शिर्षकहरु