‘जबर्जस्ती संविधान संशोधन भयो’

Upendra-Yadavमाघ ११ । काठमाडौँ, सङ्घीय समाजवादी फोरमले आफूहरुको सहमति विपरीत प्रमुख तीन राजनीतिक दलले संविधान संशोधन गरेको भन्दै आपत्ति जनाएको छ ।

फोरमले आइतबार आयोजित पत्रकार सम्मेलनमा नयाँ संविधान जारी गर्दा प्रमुख दलले एकलौटी र जबर्जस्ती ढङ्गबाट संविधान संशोधन गरेको भन्दै आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु गम्भीरतापूर्वक वार्तामा बसेपनि प्रमुख दलले नसुनेको बताए ।

आन्दोलनलाई थप प्रभावकारी बनाउने निर्णय भएको फोरमले जनाएको छ । मोरङको रङ्गेलीलगायतका स्थानमा सरकारले योजनाबद्ध रुपमा दमन गरेको समेत फोरमले आरोप लगाएको छ ।

सम्बन्धित शिर्षकहरु