रंगेली घटनामा मृतकका परिवारलाई २५ हजार राहत दिइने

rangeli2माघ १०। मोरङ,  मोरङको रंगेली घटनामा मृत्यु भएकाका परिवारलाई तत्कालका लागि २५ हजार रुपैयाँ प्रदान गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार विहान मधेसी मोर्चाका नेताहरुसहित बसेको सर्बदलीय बैठकमा पीडित परिवारलाई २५ हजार रुपैयाँ राहत दिने सहमति भएको बताइएको छ ।

त्यस्तै मृतकलाई सहिद घोषणा गर्न, घटनाको छानविन गर्न उच्चस्तरीय न्यायीक समिति गठन गर्न र घाइतेहरुको निःशुल्क उपचारको लागि गृहमन्त्रालयमा सिफारिस गर्ने सहमति पनि बैठकमा भएको छ । यो सहमतिसँगै मृत्यु भएका तीनै जनाको शव बुझ्न मोर्चा सहमति भएको छ । चार दिनदेखि कोशी अंचल अस्पतालको शव गृहमा मृतका शव राखिएको छ ।

सहमतिपत्रमा मधेसी मोर्चाका तर्फबाट राजकुमार यादव, मोहम्मद कादिरलगायतले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी लगायत दलका प्रतिनिधिहरुले पनि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

मोरङको रंगेली घटनापछि मधेसी मोर्चासहितका दलहरुसँग स्थानीय प्रशासनको पहिलोपटक छलफल भएको हो ।

गत बिहीबार रंगेलीमा प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको थियो भने ९ जना घाइते छन् ।

सम्बन्धित शिर्षकहरु