काठमाडौँ, बहुप्रतिक्षित विद्युतीय शवदाह गृह पशुपति आर्यघाटमा आगामी आइतबार माघ १० गते देखि सञ्चालनमा आउने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले सञ्चालनमा ल्याउन लागेको सो गृहको निर्माण कार्य सम्पन्न भएको कोषले जनाएको छ । संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सुरुमा कोषमा भएका दुईवटा विद्युतीय शवदाह मेसिनको प्रयोग गरिनेछ । एउटा शव जलाउनका लागि विद्युतीय मेसिनमा जम्मा ४५ मिनेट मात्र लाग्छ । सो मेसिन २४ सै घण्टा सञ्चालनमा ल्याउने कोषको तयारी छ ।
तराईको आन्दोलन र भारतीय अघोषित नाकाबन्दी भएको अवस्थामा धेरै मानिसले खाना पकाउनका लागि दाउराको प्रयोग बढेपछि शव जलाउनका लागि दाउराको अभाव भइरहेको सन्दर्भमा राम्रो विकल्पको रुपमा विद्युतीय शवदहन मेसिनलाई लिइएको छ ।
“सस्तो र कम समय लाग्ने भएकाले परम्परागत दाउरा र घिउबाट जलाउनुभन्दा विद्युतीय मेसिनबाट शव जलाउनु बढी उपयोगी छ”–पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले भने ।
परम्परागत शव दाहसंस्कार भन्दा विद्युतीय मेसिनबाट दाहसंस्कार निकै कम खर्चमा गर्न सकिन्छ । पराम्परागत रुपमा रु आठ हजारदेखि रु १० हजारसम्म खर्च लाग्छ । विद्युतीय मेसिनबाट रु तीनहजार मात्र लाग्छ ।
उक्त विद्युतीय मेसिन भारतबाट ल्याइएको हो । विद्युतीय शवदहन मेसिन र गृह निर्माणका लागि रु ११ करोडको नेपाल सरकारको बजेट अनुदानमा कोषले निर्माण गरेको हो ।
विद्युतीयमाध्यमबाट शवदाहको परिकल्पना २०३९ सालमा गरिएको भएपनि २०६९ सालमा मात्र विद्युतीय शवदहन गृहको शिलान्यास गरिएको थियो ।
औपचारिकरुपमा यही माघ १० गतेदेखि सञ्चालनमा ल्याउने भनिए पनि विद्युतीय मेसिनबाट शव जलाएर परीक्षण भने गत भदौ १७ गते नै गरिएको थियो ।
भूकम्पका कारण मृत्यु भएका र शिक्षण अस्पतालमा बेवारिसे अवस्थामा रहेका दुईवटा शवलाई जलाएर विद्युतीय मेसिनको परीक्षण गरेको कोषका सदस्य सचिव डा टण्डनले बताउए।
“विद्युतीय मेसिनबाट शवदहन धुवाँरहित हुन्छ, जसले गर्दा गन्ध आउँदैन, वातावरणमैत्री र समयअनुकुल दुबै छ, खर्च र समय दुबै बचत हुन्छ”–उनले थपे ।
पशुपतिमा सञ्चालनमा ल्याएर प्रभावकारी भएमा नारायणगढ, पोखरा, विराटनगरलगायतका सहरमा पनि विस्तार गर्ने सरकारको योजना छ ।
छिमेकी राष्ट्र भारत तथा युरोपका धेरै राष्ट्रमा धेरै लामो समयदेखि विद्युतीय शवदहन मेसिनबाटै शवदहन गर्ने गरिएको छ ।


![g]kfndf klxnf] ljB'tLo zjbfx u[xsf] ;~rfng c;f]h ! b]lvx'g] g]kfn ;/sf/sf] cg'bfg ;xof]udf kz'klt If]q ljsf; sf]ifn] lgdf{0f u/]sf] g]kfns} klxnf] ljB'tLo zjbfx u[x c;f]h ! b]lv ;~rfngdf cfpg] ePsf] 5 . tl:a/ M k|bLk/fh jGt,/f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/01/sabdaha-300x195.jpg)






