काठमाडौं, तराई मधेसको समस्या समाधानका लागि प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेताबीच आज भएको छलफल विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलसंगको बैठकबाट मोर्चाका नेता बाहिरिएका छन् ।
बैठकबाट बाहिरिंदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसंग आदिवासी, जनजाति र मधेसीको माग पूरा गर्दै हैसियत नभएको टिप्पणी गरे। उनले भने, ‘यो सरकारले माग पूरा गर्छ जस्तो पनि लाग्दैन, चार महिना अघि हामी जुन अवस्थामा थियौं, त्यही अवस्थामा छौं ।’
वैठकस्थलबाट बाहिरिएपछि सञ्चारकर्मीसंग कुरा गर्दै यादवले कुटनीतिक रुपमा पनि सरकार असफल भएको टिप्पणी गर्नुभयो । उनले एकतर्फी संविधान संशोधन गरेर पनि समस्याको हल नहुने बताए । प्रमुख तीन दलका शीर्ष नेताको आग्रहमा संसदमा संविधान संशोधनको विधेयक ९ गते पारित गर्ने मिति तय भएको छ ।
मोर्चा नेता बाहिरिएपछि बालुवाटारमा तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्ता राम्रै ट्रयाकमा गइरहेको भएपनि प्रधानमन्त्रीले मोर्चाको माग अनुसार संविधान संशोधन हुन नसक्ने अडान राखेपछि आफूहरु उठेर हिंडेको बताए ।


![k|wfgdGqL lgjf; afn'jf6f/df lalxaf/ ljxfg k|wfgdGqL s]kL zdf{ cf]nL, ljkIfLbn sf g]tf ;'lzn sf]O/fnf / dw];L df]rf{sf zLif{ g]tf aLr ePsf] jftf{ x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/01/1453354496195_RoS-Ktm-Barta-with-3Dal-1-300x144.jpg)






