नेप्से परिसुचक हालसम्मकै उच्च बिन्दुमा

20150529nepse-pulls-out-of-dive-up-413pts-600x0काठमाडौं,नेपाल स्टक एक्स्चेञ्जमा आवद्ध कम्पनीहरुको शेयर कारोबारमापक नेप्से बढेर आज नयाँ रेकर्ड कायम गरेको छ । नेप्से एकै दिन २१ दशमलव ८४ अंकले बढेर १ हजार २ सय १२ अंकमा पुगेको हो । पूर्ण कम्यूटरकृत प्रणाली डिम्याटमा गएकै दिन नेप्सेले नयाँ उचाई कायम गरेको हो ।

गत असोजमा नेप्से परिसुचक १ हजार २ सय ५ दशमलव ८४ अंकमा पुगेर पुनस् ओरालो लागेको थियो । जलविद्युत वाहेक सबै समुहका उपसुचक आज बढेका छन् । सबैभन्दा बढी बिमा समुहको उपसुचक १ सय २७ दशमलव ९८ अंकले बढेको छ ।

आज कुल ८९ कम्पनीको २ हजार ५ सय ६९ कारोबारबाट ५४ करोड ८१ लाख १६ हजार ७ सय ६० रुपैयाँ बराबरका ८ लाख २५ हजार ९ सय ५४ कित्ता शेयर खरिदविक्रि भएका छन् ।

सम्बन्धित शिर्षकहरु