एजेन्सी, सन् २०१३ मा बनेको चलचित्र ‘जिस्म–२’ वाट बलिउड यात्रा सुरु गरेकी थिइन् सन्नी लियोनीले । उनलाई लाग्न थालेको छ, भारत यस्तो देश हो जहाँ हरेक कुरा स्वीकार गरिन्छ । उनी आफैंलाई यसको उदहारण मान्छिन् ।
गतबर्ष भारतमा असहिष्णुताको विषयमा निकै धेरै चर्चा भयो । केही चलचित्रकर्मी असहिष्णुताको विषयमा टिप्पणी गरेकै कारण विवादमा पनि परे ।
‘जिस्म २ रागिनी एमएमएस २’ लगायतका चलचित्रमा काम गरेकी क्यानेडियन मुलकी यी नायिकाकाले मिडियासँग कुरा गर्दै भनिन्( ‘भारत एउटा यस्तो देश हो जहाँ तर्पाले चाहेकै शैलीमा बाँच्न सक्नु हुन्छ ।’
आम भारतीयले आफूलाई स्विकारेको दावी गर्ने सन्नीले भारतीयहरु खुल्ला विचारका भएको पनि बताइन् । एउटा सर्वेक्षण अनुसार सन् २०१५ मा सन्नी भारतमा सबै भन्दा धेरै खोजिएकी पात्र हुन् ।
के तपाईलाई आफ्नो सेक्स सिम्बल छविप्रति कुनै गुनासो छैन रु संवाददाताले सोधेको प्रश्नको मुस्कुराउँदै जवाफ दिइन्(‘मलाई मान्छेले जुन रुपमा हेर्न चाहे पनि कुनै अपात्ती छैन ।’
भारतीय चलचित्रमा अलग अलग चरित्र निर्वाह गर्न चाहने सन्नी बाँकी जीवन कस्तो हुन्छ अहिल्यै भन्न नसकिने बताउँछिन् । अहिले पनि बलिउडमा उनका कुनै हिरोइन साथी छैनन् । तर, प्रतिस्पर्धा गर्दै जाँदा साथीहरु पनि भेटिन्छन् भन्ने उनलाई लाग्छ ।
उनी यसो पनि भन्छिन्(‘एउटै उद्योगमा काम गर्ने दुई नायिका प्राय साथी बन्न सक्दैनन् ।’ आफु काममा ब्यस्त भएकाले साथीभाई बनाउन नपाएको उनको भनाई छ ।
केही दिन अघि मात्रै उनको प्रियंका चोपडासँग भेट भएको थियो । उनले नायिका चोपडासँग भेट्दा खुशी लागेको बताइन् ।
सन्नी अहिले नयाँ चलचित्र ‘मस्तिजादे’को प्रमोशनमा व्यस्त छिन् ।








