पुस ३०। बर्दिया, पाँच वर्षीया छोरीको हत्याको आरोपमा बाबु पक्राउ परेका छन् । बासगडी नगरपालिका–७ शङ्करिया गाउँका ३४ वर्षीय बाबु पूर्णबहादुर राजीलाई आफ्नै पाँच वर्षीया छोरी खगिसरा राजीको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
छोरीलाई कुटपिट गरेर हत्या गरी आफ्नै घर अगाडिको खाल्टोमा गाडेको आरोपमा बुबा पूर्णबहादुर राजीलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए।
हत्या के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको समेत गिरीले बताउनुभयो । मृतक बालिका स्थानीय कालिका प्राविमा १ कक्षामा अध्ययनरत रहेको प्रहरीले बताएको छ ।








