भीमदत्तनगर, नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले आगामी तेह्रौँ महाधिवेशनबाट पार्टीभित्रको गुटगत राजनीति अन्त्य हुनुपर्ने बताएका छन्।
आज कञ्चनपुरको भीमदत्तनगरमा कांग्रेस कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा बोल्दै प्रवक्ता बडूले पार्टीका नेताले गुट उपगुटको राजनीतिक मानसिकता त्याग्नुपर्ने बताए ।
वर्तमान सरकार भारतको विरोध गरेर सस्तो लोकप्रियतामा डुबेको उनको आरोप थियो ।
सोही कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य तथा सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले देशमा कालोबजारी र तस्करी मौलाउँदा पनि सरकार मूकदर्शक बनेको बताए।








