जाडो सकिन लाग्दासमेत न्यानो कपडाबापतको पैसा पाएनन्

;/sf/n] pknAw u/fPsf] Gofgf] sk8f vl/bsf nflu bz xhf/ /sd j[4j[4fnfO{ x:tfGt/0f ub}{ k|lhc b]a]Gb| nfld5fg] / :yfgLo ljsf; clwsf/L l;tf kl/of/ . tl:a/ M uf]s0f{k|;fb e08f/L, bf]nvf, /f;;

पुस २१ । लमजुङ,  सरकारले भूकम्पपीडितका लागि न्यानो कपडा खरिद गर्नका लागि दिने भनेको रु १० हजार लमजुङका नागरिकले अझैसम्म पाएका छैनन् ।

भूकम्पपीडित जाडोबाट समस्यामा परेको भन्दै सरकारले जाडो छल्नका लागि न्यानो कपडा दिने घोषणा गरे पनि जाडो सकिन लाग्दासमेत पीडितले रकम पाउन सकेका छैनन् । आफूहरुले टेलिभिजनमार्फत सरकारी योजना थाहा पाएको तर गाविस सचिवसँग सोध्दा जिल्लाबाट रकम नआएको उत्तर दिने गरेको विचौरका भूकम्पपीडित टोपप्रसाद अधिकारी बताउँछन् ।

अत्यधिक चिसोका कारण त्रिपालमुनिको बास बस्न नसकेर कतिपय भूकम्पपीडित पुरानै खण्डहर घरमा फर्किन थालेका छन् । आफूहरु भत्किएको घर छाडेर गाउँभन्दा माथिको डाँडामा त्रिपाल टाँगेर बसेको तर अत्यधिक चिसो भएपछि बाध्य भएर खण्डहर घरमा फर्किएको गौँडा गाविसकी भूकम्पपीडित आइतमाया गुरुङको दुःखेसो छ ।

त्रिपालमुनि अत्यधिक चिसोका कारण बालबालिकामा निमोनियाको सङ्केत देखिन थालेको छ । तर स्थानीय प्रशासन अझै गाउँ गाउँमा न्यानो कपडाको रकम पु¥याउन सक्रिय छैन । प्रशासन कार्यालयमा पीडा पोख्न आएका नागरिकलाई प्रशासनले गाविसको खातामा पैसा हालिदिएको र कतिपय गाविसमा रकम थोरै आएकाले हाल्न नसकिएको जवाफ दिएर फर्काउने गरेको छ ।

प्रशासनले सबै गाविस र नगरपालिकाको खातामा पैसा हालेको दाबी गरे पनि अहिलेसम्म जिल्लाका कुनै पनि गाविस र नगरपालिकाका नागरिकले न्यानो कपडाबापतको रु १० हजार पाउन सकेका छैनन् ।

सम्बन्धित शिर्षकहरु