पाल्पामा कालीगण्डकीमा महिलाको शब फेला

रामपुर (पाल्पा), १८ पुस । पाल्पा जिल्लामा कालिगण्डकी नदीमा आज दिउँसो एक महिलाको शव फेला परेको छ ।

चापाकोटको मणिमुकुन्द घाट नजिक भेटिएको सो शव चापाकोट नगरपालिका–५ बैडीकी ६० बर्षिया बिनाकुमारी अर्यालको भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो करिब ३ बजे नदीमा बग्दै गरेको अवस्थामा स्थानीयले शव देखेर नदी बाहिर निकालेपछि शवको पहिचान भएको स्थानीय सनतप्रसाद तिम्सिनाले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु