रानीकी छोरी भन्दै फोटो भाइरल

एजेन्सी, अभिनेत्री रानी मुखर्जीकी छोरी आदिराको सार्वजनिक भएको पहिलो फोटो भन्दै सामाजिक सञ्जालमा अहिले एक बालिकाको फोटो भाइरल भएको छ । भाइरल भएको तस्बिर रानीले नै सामाजिक सञ्जालमा सेयर गरेको दाबी गरिएको थियो ।

९ डिसेम्बर २०१५ मा जन्मिएकी आदिराको यसअघि फोटो सार्वजनिक गरिएको थिएन । तर, यो फोटो आदिराको नभएको यशराज फिल्म्सले बताएको छ । रानीले पनि फोटो ‘फेक’ भएको विज्ञप्ति निकालिन् । २१ अप्रिल २०१४ रानी मुखर्जी र आदित्य चोपडाले इटालीमा विवाह गरेका थिए ।

सम्बन्धित शिर्षकहरु