पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७२ पारित

SAMBIDHAN-SABHA-BHAWANकाठमाडौँ, व्यवस्थापिका–संसद्को आजको बैठकले ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७२’ लाई सर्वसम्मतिले पारित ग¥यो ।

स्वास्थ्यमन्त्री रामजनम चौधरीले मधेसी मोर्चाका सांसदको नाराबाजीका बीचमा सरकारका तर्फबाट सो विधेयक प्रस्तुत गर्नुभएको थियो । मोर्चामा आबद्ध विभिन्न राजनीतिक दलका सांसदले सभामुखको आसन अगाडिको वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

सो विधेयकको सैद्धान्तिक पक्षमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रतिष्ठानलाई स्वायत्त दिन र भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गराउन माग गरेका थिए ।

बैठकमा मन्त्री चौधरीले सांसद सुवालले उठान गरेको जिज्ञासामा भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गराउन ध्यान दिने जानकारी दिए । व्यवस्थापिका–संसदको अर्को बैठक भोलि पुस १४ गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।

सम्बन्धित शिर्षकहरु