मृत सपना

चपाई हेरें
टुटे फुटेका सपनाहरु
भोक मेट्न !

छैन केहि स्वाद
चपाइरहेको सपनाको गाँसमा
तर लागिरहेछ स्वादिलो !

मेरो मुख
रसाईरहेछ मिठो स्वादले
र रमाई रहेछ, मन !तर म भन्न सक्दिन
यो के को, कस्तो स्वाद हो
नुनिलो अनि मिठो स्वाद !थाहै भएन मलाई
मैले लिईरहेछुं भोकको झोंकमा
आफ्नै मृत सपनाको लाशको स्वाद !
-नेत्र बहादुर  पण्डित क्षेत्रि (Netra Bahadur Pandit Chhetri)

 

सम्बन्धित शिर्षकहरु